×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

चुनौती धेरै छन्, हामी गरेरै देखाउँछौं

  •  
  • सोमबार, साउन १७, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    शेष घले

    गैरआवासीय नेपालीको बोली र व्यवहारको तादम्यताबारे विभिन्न समयमा अनेक टिप्पणी सुनिन्छ। पुनःनिर्माणबारे युरोपका साथीहरुले यहाँ धेरै कुरा उठाउनुभएको छ। हामीले भूकम्पपीडितलाई बनाइदिने घरको काम के हुन्छ? एनआरएनएको भवन निर्माण के हुन्छ? यी दुई प्रश्न अहिले जहाँ गए पनि सुनिन्छ।

    विनाशकारी भूकम्पपछि हामीले जुन स्पिरिडमा काम गर्याैं त्यसका लागि सबै तह र पक्षबाट एनआरएनहरुको प्रशंसा भयो। परकम्पको खतरा मोलेर सिन्धुपाल्चोक, गोरखा र धादिङमा हामी एक्लै पुगेको थिइनौं। तपाइँहरुको एउटा सच्चा प्रतिनिधि ती स्थानमा पुगेको थियो। नेपाल र नेपालीमा सबैभन्दा ठूलो अर्थ राख्ने भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धतालाई नै हामीले पछिल्लो ग्लोबल कन्फरेन्सको मुख्य एजेन्डा बनाएका थियौं। त्यतिबेला हामीले आत्मसात गरेको कुरा हो भने भूकम्पपीडितका लागि केही गरौं। अब कार्यान्वयन गर्ने समय आएको छ। यसलाई लागू गर्ने बेला आएको छ। पीडितलाई राहत वितरण गर्ने बेलामा लक्ष्यभन्दा झन्डै दोब्बर संख्यामा हामी पुगेका थियौं।

    सरकारी मापदण्डको दायरामा रहेर साँच्चै हामी ठोस काम गर्न गइरहेका छौं। अप्ठ्याराहरु धेरै छन्। चुनौतीहरु धेरै छन्। पैसाको अभाव एउटा पक्ष हो। यी सबै चुनौतीलाई चिर्दै अघि बढ्नुपर्ने अवस्था छ। तर हामी गरेरै देखाउनेछौं। पद एउटा टाइमफ्रेमा चल्छ। म सधैँ पदमा रहुँला नरहुँला तर हाम्रा काम जारी रहनेछन्।

    पुनःनिर्माणको हाम्रो प्रतिबद्धता पूरा गर्न किन ढिलो? यो प्रश्न धेरैले उठाउनुभयो। यो एउटा निश्चित कन्टेक्समा भइरहेको छ। ढिलो भएको निश्चय हो तर यस पछाडि कारणहरु छन्। हामीले सुरुमै एउटा घर निर्माणका लागि ३ लाख रुपैयाँमा उपयोग गर्ने भनेका थियौं। त्यतिबेला सरकारको कुनै मापदण्ड थिएन। पुनःनिर्माण प्राधिकरण गठन भइसकेपछि त्यसबारे पहिलो मापदण्ड आयो। त्यो मापदण्डअनुसार हामीले योजना बनायौं। प्राधिकरणमा नेतृत्व फेरियो, त्यसपछि फेरि नयाँ मापदण्ड आए। छिटोछिटो बद्लिएका सकारी मापदण्ड र नियमहरु हामीले पालना गर्ने कि नगर्ने? यो प्रश्नको जवाफमा तपाइँहरुका जिज्ञासाका धेरै कुरा समेटिन्छन्। वास्तवमा सरकारी मापदण्ड र निर्माण सामग्रीको बजार भाउ दृष्टिगत गर्दा अहिले ३ लाख रुपैयाँमा एउटा घर बन्न सक्ने अवस्था छैन। हामीसँग ३२ करोड रुपैयाँले कतिवटा घर बन्छन्? सरकारको गाइडलाइनभित्र रहेर अहिलेसम्म एक दुई बाहेक कसैले घर निर्माण गर्न सकेका छैनन्। म अरुको कामबारे कमेन्ट गर्न चाहन्न तर हामी त्यो फलो गर्नेर्छौं।

    भूकम्पपीडितलाई बनाइदिने घरहरु भूकम्पप्रतिरोधी हुनुपर्छ। त्यहाँको विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन, ग्रामीण पर्यटन पूर्वाधारलाई संयोजन गरेर एकैसाथ कार्यान्वयनमा जान खोजिरहेका छौं। त्यसको गुरु योजना बन्दैछ, हामी बनाइरहेका छौं। त्यसका लागि अब दुई महिना लाग्नेछ। हो, हाम्रो पैसा घर निर्माणका लागि मात्र जाँदैछ तर  हामीले घरमात्र बनाइरहेका छैनौं। लाप्राक गाउँमा पानी छैन। पानीका लागि १५ किलोमिटर टाढा पुग्नुपर्छ। यी पक्षको अत्यन्त सुक्ष्म ढंगले विश्लेषण गरेर काम भइरहेको छ। मलाई लाग्छ अक्टोबरपछि हामी निर्माण काम थाल्नेछौं। त्यसपछि हामी विश्वभरिबाट स्वयंसेवकका लागि आह्वान गर्नेछौं। सरकारी मापदण्डको दायरामा रहेर साँच्चै हामी ठोस काम गर्न गइरहेका छौं। अप्ठ्याराहरु धेरै छन्। चुनौतीहरु धेरै छन्। पैसाको अभाव एउटा पक्ष हो। यी सबै चुनौतीलाई चिर्दै अघि बढ्नुपर्ने अवस्था छ। तर हामी गरेरै देखाउनेछौं। पद एउटा टाइमफ्रेमा चल्छ। म सधैँ पदमा रहुँला नरहुँला तर यो अनि यस्ता काम जारी रहनेछन्।

    छिटै आफ्नो भवन

    आफ्नै भवन निर्माणका लागि हामीले पहल गरेको ३ वर्ष भइसक्यो। आफ्नै संगठनभित्र र बाहिर पनि मलाई यो कुराबारे धेरैले जिज्ञासा राख्छन्। यहाँ पनि धेरैले यसबारेमा चिन्ता व्यक्त गर्नुभयो, जिज्ञासा उठाउनुभयो।

    निश्चिय एनआरएनएको आफ्नै भवन हुनु प्रतिष्ठाको विषय हो। हामीले भवन काठमाडौंमा बनाउँदैछौं। नेपालको कानुन, सरकारी प्रक्रिया र काम गर्नेशैलीबाट हामी अलग हुन सक्दैनौं। पारदर्शिता अर्को पक्ष हो। एनआरएनएले निर्माण गर्ने भवनका लागि डिजाइन, नक्सा पास भइसकेको छ। ठेकेदार छनौटको काम भइरहेको छ। सरकारको मापदण्ड, सामाजिक संस्थाले पूरा गर्नुपर्ने पारदर्शिताका दायित्वमा हामीले कसैलाई औंलो ठड्याउने ठाउँ दिएका छैनौं। यसले गर्दा प्रक्रियागत रुपमा केही समय लाग्दो रहेछ। आफ्नै भवन निर्माण गर्न विश्वभरिका साथीहरुले देखाउनुभएको तत्परता र प्रतिबद्धता देखेर म उत्साही छु। यो प्रत्येक गैरआवासीय नेपालीको आफ्नो घर हो। हो तपाइँहरु युरोपमा राम्रो अवस्थामा हुनुहोला।

    पेशा व्यवसायमा जम्नु भएको होला। एनआरएनएको आफ्नो भवन हुनु युरोप र अमेरिकाबासीका लागि मात्र होइन मध्यपूर्वको तातोघाममा पसिना बगाउने एउटा श्रमिक नेपालीका लागि पनि उत्तिकै गर्वको कुरा हो। यो हामी सबैको साझा अभियान हो। निर्माण संगठन सुदृढीकरणबारे यहाँ धेरै कुराहरु हुन्छन्। धेरै किसिमका अभिव्यक्ति आउँछन्। आफ्नो भवन निर्माणको अभियान साँचो अर्थमा संगठन सुदृढीकरणको एउटा बलियो कडी हो। यो पूरा गर्ने संकल्प कुनै अर्थमा अधुरो रहने छैन। दुई हप्तापछि यसको निर्माण सुरु हुँदैछ। भवन निर्माणका लागि साथीहरुबाट १९ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो। त्यसमा ९ करोड रुपैयाँ जति पैसा कोषमा आउन बाँकी छ। आशा छ त्यो पैसा छिटै जम्मा हुनेछ। कहिले कहीँ मेरो भाइबरमा पुराना विषयलाई लिएर नयाँ नोटिफिकेसन आउँछन्। जर्मनी, युकेका साथीहरुले त्यतिबेला गरेको प्रतिबद्धता पूरा गरेका सूचना पाउँछु। जे जति ढिलो हुने हो भइसक्यो अब यो रोकिनेवाला छैन। तपाइँहरु ढुक्क हुनुहोस् हामी आफ्नो भवन बनाएरै छाड्छौं।

    (गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले कोपनहेगेनमा भएको युरोप क्षेत्रीय बैठकमा दिएको प्रस्तुतिको सम्पादित अंश)

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, साउन १७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरान थप आक्रामक बन्दै
    इरानसँगको युद्धमा अमेरिकाकाे हालसम्म ३७.५ अर्ब डलर खर्च
    अभिनेत्री केली हटलको निधन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.