×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २९ मिनेट अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • ४१ मिनेट अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ दिन अघि

अख्तियार विरुद्ध मानवअधिकार आयोगमा उजुरी

  •  
  • आइतबार, साउन ०२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    कृषि अनुसन्धान परिषद् (नार्क)का कोसेबाली अनुसन्धान प्राविधिक अधिकृत विरेन्द्रकुमार यादव ।

    श्रावण १, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा पक्राउ गर्ने क्रममा ज्यादती गरेकोभन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।

    कृषि अनुसन्धान परिषद् (नार्क)का कोसेबाली अनुसन्धान प्राविधिक अधिकृत विरेन्द्रकुमार यादवलाई शुक्रवार साढे १ बजे पक्राउ गर्ने क्रममा कुटपिट र अमानविय व्यवहार भएकोभन्दै प्रत्येक्षदर्शीले आयोगमा उजुरी दिएका हुन् । बाँके बागेश्वरी २ खजुराका घनश्याम निरौलाले यादवलाई कोसेबाली अनुन्धान कार्यक्रम कार्यालयको उत्तरपट्टी निर्माणाधीन बोरिङ गृह नजिकै कुटपिट गरिरहेको आफूले देखेको बताएका छन् ।

    किन कुटपिट गरेका भनी सोधपुछ गर्दा आयोगको सम्पर्क कार्यालय कोहलपुरबाट आएकोभन्दै प्रहरी नायव उपरिक्षक चित्रबहादुर गुरुङको टोलीले उल्टै हप्काएको उजुरीमा उल्लेख छ । यादवलाई अख्तियारको टोलीले पक्राउ गरिसकेपछि पनि जथाभावी कुटपिट र गालीगलौच गरेका थिए । उनी हिलाम्ये थिए । उनको नाकबाट रगत बगेको थियो । सम्झाैता बमोजिमको बोरिङको मापदण्ड पूरा नभएका कारण बिल पास नभएको निहुँमा ठेकेदारले फसाएको यादवले बताएका छन् । ‘ठेकेदारले फसाएको हो । मैले घुस लिएको होईन’ उनले अख्तियार टोलीलाई भनेका थिए ।
    अख्तियार टोलीले उनको कुरा नसुनी निरन्तर कुटपिट गरेको प्रत्येक्षदर्शीले दाबी गरेका छन् । ठेकेदारका कर्मचारीले यादवको टिसर्टमा जर्बजस्ती पैसा घुसाईरहेको र कुटपिटका क्रममा उनको नाकबाट रगत समेत आई केहीबेर बेहोससमेत भएको देखेको निरौलाले उजुरीमा उल्लेख गरेका छन् । घुस लेनदेन गरेकै अवस्थामा पक्राउ गरेको भए पनि स्वतन्त्र र निष्पक्ष ढंगबाट अपराधको अनुसन्धान गर्नु गराउनुपर्नेमा अख्तियारको टोलीले कुटपिट गरी
    सख्त घाईते बनाएको उजुरीमा भनिएको छ । आफूले पक्राउ गरेपछि अपमानजनक व्यवहार र कुटपिट किन गर्नुहुन्छ भनेर सोध्दा आफूलाई समेत हातपातको धम्की दिईएको निरौलाले आरोप लगाएका छन् ।

    ‘अख्तियारको टोलीले आफ्नो नियन्त्रणमा लिईसकेपछि कुटपिट र यातना दिई सख्त घाईते बनाई अपमानजनक व्यवहार गरेको र सो स्थानमा उपस्थित     भएका आफूलगायतका व्यक्तिलाई पनि डर धाकधम्की देखाई आतंक मच्चाएकाले सचेत नागरिकको हैसियतले निवेदन दिएको हुँ’ राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षलाई सम्बोधन गरिएको निवेदनमा निरौलाले भनेका छन्,- दोषी प्रमाणित नभएसम्म अपराधीसमेत अभियुक्त मात्र हुने र आफ्नो नियन्त्रणमा लिई सकेपछि मानवोचित व्यवहार गर्नुपर्ने, यातना दिन नपाईने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मान्यता हुँदाहुँदै पनि अख्तियारको टोलीले खुलयाम मानव अधिकार र कानूनको शासनको ठाडै उल्लघन र आतंक मच्चाउने काम गरेकाले आवश्यक छानबिन गरी दोषीमाथि कानूनी कारवाही गर्न माग गर्दछु ।

    यादवलाई अख्तियारको टोलीले हातपात र कुटपिट गरी सख्त घाईते बनाएकाले निजको तत्काल सरकारी अस्पतालबाट घाउजँाच केसफाराम गरी स्वास्थ्य उपचार गराउन पनि माग गरिएको छ । अख्तियारका सम्र्पक कार्यालय प्रमुख दीपक थापाले भने पक्राउपछि यादवको स्वास्थ्य जाँच गरेर हिरासतमा राखिएको बताए । ‘समात्न खोज्दा धक्कामुक्का भएको हो’ उनले भने,-‘भाग्न खोजेकाले धक्कामुक्का गर्नुपर्‍यो । अपरेशनका क्रममा यस्तो सामान्य हो ।’
    आयोगमा क्षेत्रीय निर्देशक मुरारी खरेलले प्रमाणसहित पक्राउ गरेकोभए पनि अदालतले फैसला नगर्दासम्म कसैलाई दोषीको व्यवहार गर्न नपाईने बताए । ‘अख्तियारले अनुसन्धान गरेर कानूनी प्रक्रियामा लैजाने हो । दोषी प्रमाणित गर्ने अदालतले हो’ उनले भने,-त्यसरी कुटपिट गर्न र गालीगलौच गर्न मिल्दैन ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन ०२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
    सुन ताेलामा १२ सयले बढ्याे
    बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • २. सुन ताेलामा १२ सयले बढ्याे

    • ३. बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ७. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.