×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २८ मिनेट अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • ४० मिनेट अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ दिन अघि

महिलाले बनाए झोलुंगे पुल निर्माण

  •  
  • आइतबार, साउन ०२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    झापा बुधबारे १ दामा खोलामा महिलाको सक्रियतामा बनेको झोलुंगे पुल

    विर्तामोड: सरकारले टेन्डर आह्वान गरेर ठेकेदार कम्पनीलाई निर्माणको काम जिम्मा दिएको भन्दा स्थानीय उपभोक्ता समितिलाई जिम्मा दिइएको निर्माणको काम छिटो र गुणस्तरीय ढंगबाट सम्पन्न भएका छन् । पछिल्लो समयमा झापा बुधबारे १ मा रहेको दामा खोलामा महिला उपभोक्ता समितिले बनाएको झोलुंगे पुल यसको गतिलो उदाहरण बनेको छ ।

    २०७१ साल फागुन महिनाबाट उक्त पुलको निर्माण सुरु गरेका बुधबारे १ का महिलाले चारमहिनाको अवधिमै पुल बनाइसके । पुल बनेपछि बुधबारे १ दामा खोला पारिपट्टिका सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ ।
    महिला मात्रै रहेको उपभोक्ता समितिका अध्यक्ष यमुना चापागाईंका अनुसार समिति बनाउने बेलामा निकै समस्या भोग्नु पर्‌यो । उनले भनिन्, ‘पुरुष दाजुभाइले यिनीहरूले काम गर्न सक्दैन भन्थे । तर हामीले समयभन्दा अघि नै गुणस्तरीय काम गरेर देखायौं ।’

    उनीहरुले ढुंगा पनि बोके, लट्ठा पनि ताने । आफ्नो मेहेनतका कारण गाउँले सबैले सेवा पाएकाले सन्तुष्टि मिलेको उनीहरूको भनाइ छ । पुल निर्माण समितिका सचिव गंगा आचार्यले पुल निर्माणले धेरै सुत्केरी महिलाको ज्यान बाँचेको बताइन् ।

    उक्त पुलको लम्बाई ७५ मिटर छ । पुल निर्माणका लागि जिल्ला विकास समिति झापाले ८४ हजार ४ सय ८८ रुपैयाँ र बुधबारे गाविसले पनि सोही परिमाणको रकम उपलब्ध गराएको थियो । पुल निर्माणमा सहारा नेपालले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । विभिन्न दातृ संस्थाको सहयोग समेत जुटाएर २८ लाख १६ हजार रुपैयाँको लागतमा उक्त पुलको निर्माण सम्पन्न भएको समितिका कोषाध्यक्ष अनिता चापागाईंले बताइन् ।

    स्थानीयवासीको सक्रियतामा बुधबारेमा झोलुंगे पुलको निर्माण समयमा भए पनि झापाको पुरानो नगरपालिकाअन्तर्गत मेची पारीको गाउँ जानका लागि बन्ने भनिएको पुलको निर्माण अत्तोपत्तो छैन । उक्त पुल नबन्नुको मुख्य कारण हो सरकारी ठेक्का प्रणाली । पूर्वी सीमाको मेची खोलापारीको यो गाउँका बासिन्दा झोलुंगे पुल बन्ने कुराले खुसी भएका थिए । तर त्यो खुशी स्थायी हुन सकेको छैन ।

    झापा क्षेत्र नम्बर ३ का सांसद् कृष्णप्रसाद सिटौलाले मेची नदीमा झोलुंगे पुलको शिलान्यास गर्दा मेचीपारीका सबै घरबाट परिवारै किनारामा भेला भएका थिए । तर पुल शिलान्यास भएको यत्रो महिना बितिसक्दा पनि निर्माणको काम अलपत्र अवस्थामा छ । मेची नदी पारिको गाउँमा बसोबास गर्ने नागरिकको मागलाई सम्बोधन गर्दै सरकारले नदीमा झोलुंगे पुल बनाउने योजना अघि सारेको नौ महिना बितिसक्दा निर्माणस्थलमा ठेकेदारले एक बन्डल रड, बालुवा र गिट्टी थुपारेर पुल निर्माणको काम अलपत्र अवस्थामा छोडेको छ ।

    १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी पुल बनाउने सम्झौता गरेको ठेकेदार कम्पनीले नौ महिना उसै गुजारिसकेको छ । भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेका अनुसार हाल ठेकेदार कम्पनीले केही काम गरेको कारण समयमा काम सम्पन्न हुन्छ भन्ने आश गर्न सकिने ठाउँ भने अझै छ ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, साउन ०२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
    सुन ताेलामा १२ सयले बढ्याे
    बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • २. सुन ताेलामा १२ सयले बढ्याे

    • ३. बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ७. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.