×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २९ मिनेट अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • ४१ मिनेट अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ दिन अघि

कसरी पायो आदित्य संरक्षण प्रतिष्ठानले एक करोड ? शीर्ष नेता र आदित्यबीच भएको थियो सामूहिक भेट

  •  
  • शनिबार, साउन ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    श्रावण १, २०७३- सरकारले आदित्य दाहालको संरक्षणमा खुलेको प्रतिष्ठानलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले शुक्रबार प्रतिष्ठानको सवारी साधन, आवास निर्माण र साधनाका लागि भौतिक पूर्वाधार तयार गर्न उक्त रकम दिने निर्णय गरेको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए  ।

    झापाका शेषराज र ईश्वरा दाहालका छोरा दाहाल यही साउनमा ६ वर्ष पुग्दैछन् । बोल्न, हिँडडुल गर्न नसक्ने दाहालले लिखित रूपमा अद्भुत खालका धारणा व्यक्त गर्दै आएका छन् । विद्यालय नगएका र अक्षरसमेत नचिनेका दाहालले एकाएक गम्भीर विषयलाई लिखित रूपमा अभिव्यक्ति गर्न थालेपछि दाहाल चर्चामा छन् । झन्डै  चार वर्षको उमेरमा उनको यस्तो प्रतिभा प्रस्फुटन भएको थियो । त्यसपछि उनका धेरै अनुयायी बन्दै गएका छन् । त्यसमध्ये धेरै नेताहरूसमेत बालक दाहालको क्षमताबाट प्रभावित छन् ।

    कसरी भयो निर्णय ?
    एमाले-माओवादी गठबन्धनको द्वन्द्व चुलिँदै गएको अवस्थामा गत असार २३ गते साँझ बालुवाटारमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भेला भए । राजनीतिक घटनाक्रमबारे छलफल गर्न भेला भएका उनीहरूले आधा घण्टा बालुवाटारको एउटा कोठामा छुट्टै बैठक गरे- अद्भुत बालक आदित्य दाहालसँग । त्यो बैठकको चाँजोपाँचो मिलाउने मुख्य व्यक्ति थिए माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ । बालक दाहालको अद्भुत क्षमताबाट करिब सबै मुख्य नेता प्रभावित छन् र उनलाई पटकपटक भेट्नेसमेत गर्छन् । त्यस्ता नेतामध्ये श्रेष्ठ बालक दाहालबाट अलिक बढी नै प्रभावित छन् ।

    दाहालको नाममा स्वतन्त्र ढंगबाट उनका अनुयायीले ‘आदित्य संरक्षण प्रतिष्ठान’ खोलेका छन् । प्रतिष्ठान सञ्चालन गर्न केही रकम आवश्यक पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउने निष्कर्ष प्रतिष्ठानका पदाधिकारीले निकाले । प्रतिष्ठानका पदाधिकारीलाई सहजीकरण गर्दै तीन जना प्रमुख शीर्ष नेताहरूसँग बालक दाहालसहित भेट्ने वातावरण नेता श्रेष्ठले मिलाए । उक्त भेटमा प्रतिष्ठानका तर्फबाट केही सहयोगको माग भयो । जुन मागप्रति प्रधानमन्त्री ओलीसहित देउवा र दाहालले पनि सकारात्मक धारणा राखे । उनीहरू तीनै जनाले सकेसम्म अधिकतम सहयोग गर्ने प्रतिबद्धता जनाए । यसअघि पनि तीनै शीर्ष नेताले छुट्टाछुट्टै बालक दाहाललाई भेटेका थिए ।

    बालक दाहालले असार २३ गतेको भेटमा तीन जना नेतालाई नै मिलेर जान सुझाव दिए । बोल्न र हिँडडुल गर्न नसक्ने तर लिखित रूपमा आफ्ना कुरा राख्ने बालक दाहालले समसायमिक राजनीतिक परिस्थिति र नेताले खेल्नुपर्ने भूमिकाबारे लेखेका शब्दले तीन नेता झन् प्रभावित भए । तीन शीर्ष नेताको त्यो बैठकको प्रतिबद्धता अनुरूप नै एक सातापछि सरकारले शुक्रबार प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिने निर्णय गरेको हो । प्रतिष्ठानलाई दिइएको रकम बालक दाहालको संरक्षणमा प्रयोग हुनेछ ।
    यसअघि बालक दाहाललाई सुशील कोइराला सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको थियो । सरकारले उक्त निर्णय गरेपछि बालक दाहाल झन्डै दुई महिना अमेरिकामा उपचार गरी फर्के । तर उनलाई के भएको हो भन्ने डाक्टरहरूले पनि स्पष्ट पार्न सकेनन् । त्यसपछि दाहाल स्वदेशमै बसिरहेका छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, साउन ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
    सुन ताेलामा १२ सयले बढ्याे
    बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • २. सुन ताेलामा १२ सयले बढ्याे

    • ३. बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ७. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.