कुल अनुमानित बजेट पाँच करोड रहेकोमा ४ करोड ७५ लाख रुपौया सहयोग संकलन भएको उल्लेख गर्दै बााकी २५ लाख रुपैयाँ बचन दिएकाहरुले दिएपछि पुग्ने उल्लेख गरेका हुन् ।
धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको परियोजनाका लागि देश तथा विदेशबाट उक्त सहयोग संकलन भएको हो । ‘अब गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि मात्र २५ लाख रुपौया आवश्यक छ’ बिज्ञप्तिमा भनिएको छ, ‘सहयोग संकलन गरीरहेका संघ, संस्था र सहयोगको प्रतिबद्धता जनाएका व्यक्तिहरुले मात्र सहयोग उपलब्ध गराएमा पनि लक्ष्य पुरा हुनेछ ।’
फाउण्डेशनले एकिकृत बस्ती निर्माणका लागि देश तथा विदेशमा रहेका जति पनि संस्था तथा व्यक्तिहरुले संकलन गरेको रकम छ, त्यो जति सक्दो छिटो पठाउन पनि अनुरोध गरेको छ ।
फराकिलो मन भएका व्यक्ति तथा संस्थाको सहयोगका कारण छोटो समयमा नै पूर्व निर्धारित लक्ष्य हाासिल गर्न लागिएको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)ले बताएकी छिन् । थप २५ लाख सहयोग जुटेपछि हालका लागि गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाका लागि सहयोग संकलन कार्य स्थगित गरिने जानकारी दिइन् ।
परियोजना संचालन गर्दै जाादा लागत बढ्न गए पुन: सहयोगका लागि अपील गरिने पनि उनले पारिन् । अब श्रमदानको आवश्यकता रहेकाले इच्छुक संघ संस्थाले फाउण्डेशनलाई सम्पर्क गर्न सक्ने पनि उनले बताइन् ।
वैशाख १२ गते शिल्यान्यास गरेर २९ गतेदेखि मेलम्ची ८, सिन्धुपाल्चोकमा गिरान्चौर एकिकृत बस्ती निर्माण सुरु गरिएको थियो । हालसमम बस्ती निर्माणका लागि ५० लाख ७७ हजार ९ रुपौया खर्च भएको उल्लेख गरिएको छ ।
दशौ अघि नै बस्ती हस्तान्तरण गर्ने लक्ष्य रहेकाले ६५ वटै घरको जग खन्ने र गारो उठाउने काम जारी राखिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले जनाएका छन् । ६५ परिवारलाई दशौमा घर उपहार दिने उनीहरुको योजना छ ।
ekantipur



