×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २८ मिनेट अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • ४० मिनेट अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ दिन अघि

केसीको उपचारमा चिकित्सक खटाउँदै अस्पताल

  •  
  • बिहिबार, असार ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल फोटो

    काठमाडौं: त्रिवि शिक्षण अस्पताल प्रशासनले ‘आमरण अनशन’ रहेका प्राध्यापक डा. गोविन्द केसीको गिरावट हुँदै गएको स्वास्थ्यमा निगरानी र आवश्यक उपचारका लागि विशेषज्ञ चिकित्सक खटाउन जिल्ला प्रशासनसमक्ष सुझावका साथ अनुमति मागेको छ ।

    अस्पतालका कार्यकारी निर्देशक डा. दीपक महराले उक्त आसयको पत्र बुधबार जिल्ला प्रशासनसमक्ष पठाएका छन् र बिहीबारसम्म त्यसबारे निर्णय हुने अपेक्षा गरिएको छ । जिल्ला प्रशासनले डा. केसीलाई अनशन नगर्न र अस्पताल प्रशासनलाई अनशनमा सहयोग नगर्न दिएको निर्देशनको पृठटभूमिमा यो पत्र पठाइएको डा. महराले अन्नपूर्णसँग बताए ।

    विद्यमान तनाव, डा. केसीको स्वास्थ्यबारे मानवअधिकार आयोगको चासो र उनका पक्षधर ‘रिजिडेन्ट’ चिकित्सकहरूबाटै उनको स्वास्थ्य निगरानी भइरहेको अवस्था रहे तापनि आफ्ना वरिष्ठ चिकित्सकको स्वास्थ्यप्रति संवेदनशील बन्नु संस्थाको दायित्व रहेको आत्मसात् गर्दै उक्त पत्र पठाइएको प्रशासनले बताएको छ ।

    आफू डा. केसीको स्वास्थ्यप्रति जस्तै सडकमा बसेका बिरामी र आमजनताको स्वास्थ्य अधिकारप्रति पनि संवेदनशील रहेकाले अनशनबाट कुनै किसिमले शिक्षण र स्वास्थ्य सेवा प्रभावित नहोस् भनी डा. केसीसँग फेरि पनि आग्रह गरेको डा. महराले बताए । तर बिहीबारदेखि पठनपाठनमा अवरोध पुर्‌याउने घोषणा गरेका ‘रिजिडेन्ट’ चिकित्सक र चिकित्सा विद्यार्थीका कारण अस्पतालमा थप तनावको स्थिति बन्ने सम्भावना बढेपछि अस्पताल प्रशासन थप चिन्तित छ ।

    ‘उहाँको स्वास्थ्य खस्ने स्थिति छ । मानवीयताका हिसाबमा उहाँलाई बचाउनु हाम्रो कर्तव्य हो’, गत वर्षका केही अनशनमा केसीको उपचारमा सहयोग गरेका एक चिकित्सकले अन्नपूर्णसँग भने, ‘तर उहाँका मागमा समर्थनका नाममा हुने गतिविधिले अस्पतालका र बिरामी मारमा पर्छन् भन्ने चिन्ता हामीलाई छ ।

    यसबारे हामीले पटकपटक डा. केसीलाई सम्झाएका पनि थियौं ।’ तर डा. केसीले आफहरूले दिएको सल्लाहविपरीत केही राजनीतिक मागसमेत उठाएकाले उनीहरूले यसपल्ट आफूलाई केसीका गतिविधिबाट बाहिर राखेका छन् । ‘कतिपय सरकारले समेत पूरा गर्न नसक्ने माग छन् ।

    यस्तो बेला माग पूरा गर्ने दबाबै दिने हो भने पनि पहिले जस्तो अस्पतालको सेवा प्रभाव पार्ने गरी अनशनमा नबस्नुहोस् अन्य कुनै माध्यम अपाउनेमा सोच्नुहोस् भन्दा हाम्रो कुरा सुन्दैसुन्नु भएन’, नाम खुलाउन नचाहने उनी निकट एक चिकित्सकले भने, ‘हामीलाई दुःख लागेको छ ।

    अहिले अनशनको पाँच दिनमै उहाँलाई सलाइन, मोनिटर र विशेषज्ञ चिकित्सक आवश्यक परिसक्यो ।’ यसअघि बुधबार बिहान राष्ट्रिय मानवअधिकार आयोगले डा. केसीको स्वास्थ्य बिग्रँदै गएको भन्दै चासो देखाउन अस्पताल प्रशासनलाई ध्यानाकर्षण गराएको थियो । आयोगका अधिकृत दीपेन्द्र सिंहको नेतृत्वको टोलीले केसीको अवस्थाबारे जानकारी लिएको हो ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असार ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
    सुन ताेलामा १२ सयले बढ्याे
    बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • २. सुन ताेलामा १२ सयले बढ्याे

    • ३. बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ७. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.