×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
  • २९ मिनेट अघि

सुन ताेलामा १२ सयले बढ्याे
  • ४१ मिनेट अघि

बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ३ घण्टा अघि

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १ दिन अघि

श्रममन्त्री बोहोराको बेइमानीः सक्दासम्म यसरी लुटिन्छ राज्यकोष !

  •  
  • बिहिबार, असार ३०, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    पुष्प ढुंगाना

    एउटै प्लेनमा चढेका मन्त्री र सचिवको टिकट दर फरक

    ३० असार, काठमाडौ । राजनीतिलाई समाज सेवाको एउटा पाटोबाट व्याख्या गरिन्छ । जीवनभर राजनीति गर्नेहरु देशका लागि निजी जीवन त्यागेको दाबी गर्छन् । तर, त्यस्ता नेताहरु मन्त्री र प्रधानमन्त्रीजस्तो पदमा पुग्दा के सोच्लान् र के गर्लान् ?

    कैयौँ सार्वजनिक तथ्यहरुले सत्तामा पुगेपछि मन्त्री, प्रधानमन्त्री र तिनका वरिपरिका मानिसहरु भ्याउँदासम्म राज्यकोषको अधीक दोहनमा केन्दि्रत भएको देखाइरहेको छ । गत हप्ता प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्री निवासको खर्च विवरणमा पनि यस्तै देखियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको एउटा रात्रीभोजमा १० लाख सिध्याएको बिल सार्वजनिक भएको थियो । यस्तै बालुवाटारको एक महिनाको खाजा खर्च ४ लाख पुगेको थियो । यसरी खर्च भएको पैसा विपन्न परिवारले आफ्नो गाँस कटाएर राज्यको विकासका लागि तिरेको कर हो ।

    श्रम मन्त्रीको लुट !

    श्रममन्त्री दीपक बोहराले पनि राज्यकोषको अधीक दोहन गरेको पाइएको छ । उनले करिब एक महिनाअघि जेनेभाको एउटा सम्मेलनमा भाग लिन जाँदा हवाइ टिकटका नाममा मात्र करिब एक लाख ५० हजार ‘घोटाला’ गरेका छन् ।

    Deepak-bohora-bill

    जेनेभा जाने र आउने हवाइ टिकटका लागि अधिकतम मूल्य एकलाख ६० हजार देखि ८० हजारसम्म छ । अत्यन्तै महंगो परेपनि २ लाखभन्दा बढी खर्च हुँदैन । तर, मन्त्री बोहराको भ्रमणमा भने ३ लाख १२ हजार ५ सय खर्च भएको देखाइएको छ । त्यसबापत उनले श्रम मन्त्रालयबाट भुक्तानी समेत लिइसकेका छन् ।

    जेनेभामा सम्पन्न उक्त कार्यक्रम पूर्वनिर्धारित थियो । यस्तो कार्यक्रममा लागि मन्त्रालयको आर्थिक प्रशासन महाशाखाले आवश्यक सबै व्यवस्था मिलाइदिएको हुन्छ । टिकट काट्नेदेखि सबै व्यवस्था मन्त्रालयले मिलाएको हुन्छ ।

    तर, मन्त्री बोहराले भने आफ्ना लागि आफैँ टिकट काट्ने भन्दै मन्त्रालयलाई टिकट नकाट्न भन्नुभयो, अनलाइनखबरसँग कुरा गर्दै मन्त्रालयका लेखा अधिकृत अशोक रानाले भने, मन्त्रीज्यूले आफैँ टिकट काट्नुभएछ, सचिव, सहसचिवसहित अन्य सरहरुको टिकटमात्र हामीले काट्यौँ ।’

    सचिवको दुई लाख, मन्त्रीको तीन लाख ?

    एउटै कार्यक्रममा सहभागी हुन सँगै विदेश गएका मन्त्रालयका सचिव दीपकप्रसाद लम्सालको टिकट मूल्य २ लाख १२ हजार देखाइएको छ । तर, एउटै प्लेनमा गएका मन्त्री बोहराले भने ३ लाख १२ हजार तिरेको बिल पेश गरेका छन् ।

    उनीहरुको टिकट काटेको खुशी वर्ड ट्राबल्स र सुरुची ट्राबल्स भने जेनेभाका लागि आउन-जान बढीमा एक लाख ८० हजारभन्दा बढी मूल्य नपर्ने जानकारी गराएको छ ।

    ग्राहक बनेर राखिएको जिज्ञासामा सुरुची ट्राभल्स र खुशी वर्ड ट्राभल्सका राजेश शाहले जेनेभाका लागि पर्ने हवाइ टिकटको मूल्य १ लाख ८० हजार बताएका हुन् । तर, सचिवले यसमा १ लाख र मन्त्रीले २ लाख बढी तिरेको देखाएका छन् ।

    नेता र कर्मचारीहरु सरकारी खर्चमा विदेश जाँदा डलरमा दैनिक भत्ता राज्यकोषबाट लिने गर्छन् । त्यसबाट पनि उनीहरुले लाखौं रुपैयाँ बचत गर्छन् । तर, त्यसरी राज्यकोषबाट पाएको भत्ताबाट पनि चित्त नबुझेर उनीहरुले टिकटमा समेत बढी खर्च देखाई राष्ट्रको ढुकुटीमाथि लुट मच्चाउँदै आएका छन् ।

    मन्त्री बोहोरा पञ्चायतकालदेखि नै पटक-पटक मन्त्री हुँदै आएका छन् । र, उनले अहिलेसम्म खुलेआम अनियमितता गर्ने गरेको भुक्तभोगी कर्मचारीहरु बताउँछन् । तर, नयाँ संविधान बनेर गणतन्त्र स्थापित भइसक्दा पनि कमिसन खाने मन्त्री र कर्मचारीमाथि कुनै लगाम लाग्न सकेको छैन ।

    मन्त्री आफैँले टिकट काट्न भन्नुभयो: खुशी वर्ड ट्राभल्स

    प्रशासन विधिमा पूर्वनिर्धारित कार्यक्रमका लागि मन्त्रीको हवाइ टिकटदेखि सबैखाले व्यवस्था मन्त्रालयले मिलाएको हुन्छ । मन्त्रीहरु टेबलमा रहेको जगबाट गिलासमा पानी हालेर समेत आफैँ नखाएर अरुलाई काम लगाउने गर्छन् । मन्त्री बोहराका लागि पनि टेबलको जगबाट गिलासमा पानी हाल्दिन छुट्टै कर्मचारी खटिएका छन् । तर, मन्त्री बोहरा हवाइ टिकट कटाउनका लागि आफैँ अग्रसर हुनु र टिकटको मूल्य बजार मूल्यभन्दा झण्डै दोब्बर हुनु अर्थपूर्ण छ ।

    ‘उहाँ वनमन्त्री हुँदा पनि मैले नै टिकट काटिदिने गरेको थिएँ,’ खुशी वर्ड ट्राभल्सका राजेश शाहले अनलाइनखबरसँग भने, ‘यसपटक अन्तिम समयमा मैले नै टिकट काटिदिएको हो ।’

    टिकटको मूल्य कसरी महंगो पर्न गयो त भन्ने प्रश्नमा भने शाहले अनकनाउँदै मन्त्रीले ढिला खबर गरेको र समय जिकज्याक पर्न गएको लगायतका तर्क गरे ।

    यसैवीच श्रम मन्त्रालयका मन्त्री, सचिव सहित सहसचिव आभा शर्मा पनि सोही कार्यक्रममा सहभागी हुन जेनेभा पुगेकी थिइन् । उनले इकोनोमी क्लासको टिकट प्रयोग गरेकी थिइन् । र, त्यसको मूल्य करिब एक लाख २० हजार परेको थियो ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, असार ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते
    सुन ताेलामा १२ सयले बढ्याे
    बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. रुकुमको सानीभेरीमा जिप दुर्घटना  : २ जनाको मृत्यु, ९ घाइते

    • २. सुन ताेलामा १२ सयले बढ्याे

    • ३. बाढी र पहिरोका कारण देशभरका कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैंकले आइतबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमगका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ७. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.