कैलासबावु श्रेष्ठ/गोरखा
आषाढ १४ गते । चितवनमा डेंगेका कारण एक जनाको ज्यान गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार उपचारका क्रममा ६० वर्षीय पुरुषको चितवन मेडिकल कलेज भरतपुरमा ज्यान गएको हो ।
कार्यालयमा आयोजित जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा वैशाख २३ गते अस्पतालमा भर्ना भएका ती पुरुषको २६ गते ज्यान गएको जानकारी दिइएको थियो । “डेंगे पहिचान भइसकेपछि उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ”, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वाथ्य अधिकृत नरहरि शर्मा चापागाईंले भने, “ श्रावणदेखि बैशाखसम्म ८५ जनामा संक्रमण देखिएको अस्पतालको तथ्याङ्कले देखाएको छ ।”
चालु आर्थिक वर्षमा १ हजार ८६ जनाको रगत परीक्षण गरेको मध्ये ८५ जनामा डेंगु संक्रमण देखा परेको थियो । जस मध्ये रगत परीक्षण गर्दा सबैभन्दा बढी डेंगु संक्रमण भेटिएकोमा चितवन मेडिकल कलेज छ ।
चितवन मेडिकल कलेजमा ४९ जना, भरतपुर अस्पतालमा २८ जना, कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा ७ र भरतपुर सामुदायिक अस्पतालमा १ जनाको रगत परीक्षणका क्रममा डेंगु संक्रमण फेला परेको थियो ।
चितवनमा आर्थिक वर्ष २०६७÷६८ मा ३ हजार २ सय ९८ जनाको रगत परीक्षण गर्दा ७ सय ३९ जनामा पोजेटिभ देखा परेको थियो भने ५ जनाको ज्यान गएको थियो । यस्तै २०६८÷६९ मा १ हजार १ सय ७४ जनाको रगत परीक्षण गर्दा ६८ जनामा संक्रमण फेला परेको थियो भने डेंगुका कारण एक जनाको ज्यान गएको थियो ।
त्यस्तै गरी २०६९÷७० मा ९ सय ४६ जनाको रगत परीक्षण गरेकोमा ५२ जनामा संक्रमण भएको पाइएको थियो । २०७०÷७१ मा १ हजार ७८ जनाको रगत परीक्षण गरेकोमा १ सय १९ जनामा संक्रमण पाइएको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख मधुसुदन कोइरालाले जिल्लामा ‘लार्भा खोज र नष्ट गर’ अभियान फेरि चलाइने बताए ।
डेगु बाट चितवनमा एक जनाको मृत्यु
डेगु बाट चितवनमा एक जनाको मृत्यु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



