×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ३९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुरक्षाको प्रत्याभूति नदिए काबुल छाड्छौं : नेपाली गार्ड

  •  
  • शनिबार, असार ११, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    बेलायती दूतावासमा तैनाथ नेपाली सुरक्षा गार्डले भने, ‘हामीलाई राजदूतसँग सामूहिक भेटेर समस्या राख्न दिइएन’

    – होम कार्की , दोहा (कतार)

    असार १०, २०७३- अफगानिस्तानको काबुलस्थित बेलायती दूतावासको सुरक्षामा तैनाथ नेपाली सुरक्षाकर्मीले कार्यबाहक राजदूत तीर्थराज अर्याललाई भेटेर सामूहिक रुपमा आफ्ना समस्याहरु राख्न नपाएको भन्दै दुखेसो पोखेका छन् ।

    नेपाली सुरक्षागार्डको अवस्था बुझ्न अर्याल शुक्रबार दिउँसो बेलायती दूतावास पुगेका थिए । उनले त्यहाँ १२ बजेदेखि २ बजेसम्म निरीक्षण तथा छलफल गरे । ‘राजदूत आएर हाम्रो अवस्था बुझेर जानुभयो । हामी त्यसमा खुसी भयौं । तर, हामीलाई हाम्रा समस्याहरु सामूहिक रुपमा राख्न दिइएन,’ दूतावासको सुरक्षामा तैनाथ नेपाली सुरक्षागार्डले इकान्तिपुरलाई भने, ‘दुई/तीन जना साथीलाई मात्रै बोल्न दिइयो । उहाँहरुले खुलेर आफ्ना समस्याहरु राख्न सक्नु भएन ।’

    ती नेपालीले राजदूतलाई आफूहरु बस्ने अन्जुमान क्याम्पमा निरीक्षण तथा सामूहिक छलफल गर्ने वातावरण मिलाइदिन नेपाली दूतावास समक्ष अनुरोध राखेका छन् ।

    जिफोएस सेक्युर सोलुसन कम्पनीले बेलायती दूतावास, कुटनीतिक कर्मचारी र कमनवोल्थ कार्यालयको सुरक्षा गर्न झन्डै ४ सय जना नेपाली सुरक्षा गार्ड परिचालन गरेको छ ।

    ‘दुई चार जनालाई मात्रै बोल्न दिँदा कम्पनीको टार्गेटमा परिन्छ । हामी राजदूतलाई सामूहिक रुपमा आफूहरुले भोगिरहेको सुरक्षाको चुनौतीबारे बताउन चाहन्थ्यौं । यो वातावरण मिलेन,’ ९ वर्षदेखि कार्यरत ती नेपालीले भने ।

    कम्पनीका अधिकारीहरुले कार्याबाहक राजदूतलाई गोराहरु बस्ने ठाँउ मात्रै देखाएको तर नेपाली बस्ने ठाउँ नदेखाएको सुरक्षा गार्डले बताए ।

    उनीहरुले बिना सुरक्षा क्याम्पबाट कार्यस्थलसम्म लाने-ल्याउने गरेको भन्दै चिन्ता जनाइरहेका छन् । उनीहरुले कम्पनीको व्यस्थापन समक्ष ‘जहाँ काम गर्ने हो, त्यहाँ नै बस्ने प्रबन्ध मिलाउन’ अनुरोध गरेका छन् ।

    ‘पहिला पहिला नेपाली तालिवानको टार्गेटमा परेका थिएनन् । गोराहरु बढी पर्थे । अहिले नेपाली पनि टार्गेटमा पर्न ग थाले,’ ९ वर्षदेखि नै अफगानिस्तानमा कार्यरत अर्का नेपालीले भने, ‘यही सुरक्षा अवस्थामा काम गर्न हामीलाई गाह्रो छ । ‘थर्ड क्लास’ गाडीमा हालेर लाने र ल्याउने गरिन्छ भने अब हामीले अफगानिस्तान छाडेन विचार गरिरहेका छौं ।’

    उनीहरुले आफूहरु ‘स्टाण्डबाई ड्युटी’ गर्न मात्रै काबुल आएको बताए । ‘हामीलाई जहाँ ड्युटी गर्ने हो । त्यहाँ नै बस्ने सुविधा छ भनिएको थियो,’ तनहुँका अर्का नेपालीले भने, ‘यहाँ ड्युटी र बस्ने ठाँउ अलग-अलग छ ।’

    उनीहरुले १५ देखि ४५ मिनेटसम्मको दुरीमा बिना सुरक्षा ल्याउने र लैजाने गरिरहेको बताएका छन् ।

    कम्पनीले सम्झौता अनुसार तलब नदिएको पनि उनीहरुले बताएका छन् । महिनाको १ हजार ५० डलरमा सम्झौता गरेर अफगानिस्तान पुगेका नेपालीहरुले हाल ८ सय ५० डलर मात्रै पाउने गरेका छन् । जसमा ३० डलर नेपाल पठाउँदा काट्ने गरेको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, असार ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरान थप आक्रामक बन्दै
    इरानसँगको युद्धमा अमेरिकाकाे हालसम्म ३७.५ अर्ब डलर खर्च
    अभिनेत्री केली हटलको निधन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.