जेष्ठ १५ गते । दिउँसो ३ बजेर २४ मिनेटमा सिन्धुपाल्चोकको इचोक आसपासको क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लामा समेत महसुस भएको थियो ।
यो नयाँ भूकम्प नभई गत वर्ष वैशाख १२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।



