कैलासबावु श्रेष्ठ/गोरखा
जेष्ठ १५ गते । नेपाली काग्रेसका सभापति शेर वहादुर देउवाले संबिधानलाई सफल कार्यान्वयनका लागी काग्रेसले अग्रणी भूमकिा निर्वाह गर्ने बताउनु भएको छ ।
गणतन्त्र दिवसका अबसरमा काग्रेस क्षेत्र नंवर ४ ले काठमाडौमा आयोजना गरेको कार्यक्रममा उहाले संबिधान कार्यान्वयन गर्दे मुलुकलाई बिकासको बाटोमा अघि बढाउनका लागी काग्रेसले अग्रणी भूमिका खेल्ने बताउनुभएको हो ।
उहाले संबिधानलाई कार्यान्वयन गर्दे स्थानिय निकायको निर्वाचन गर्दे अर्को आम निर्बाचनका लागी सबै तयार हुनुपर्ने उल्लेख गर्नुभयो । अहिले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्न सबै एक हुनुपर्ने धारणा पनि राख्नुभयो ।
कार्यक्रममा काग्रेसका अन्य नेताहरुले संबिधानको रक्षाका लागी कसैसंग कुनै सम्झौता नहुने धारणा राख्नुपर्ने बताएका थिए ।
संबिधान कार्यान्वयनका लागि काँग्रेसले अग्रणी भूमिका खेल्ने : देउवा
संबिधान कार्यान्वयनका लागि काँग्रेसले अग्रणी भूमिका खेल्ने : देउवा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















