×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १० घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

वर्षासँगै गएको पहिरोले बजारै बगायो

  •  
  • आइतबार, जेठ ०२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :बाढी र पहिरोले बगाएको कालीकोट र दैलेखको सिमानामा रहेको दहीखोला बजार ।

    ललितबहादुर बुढा
    कर्णाली राजमार्ग ठप्प, एकको मृत्यु, एक बेपत्ता
    सुर्खेत: पहिरोसँगै आएको बाढीले दैलेख र कालीकोटको सिमानामा रहेको दहीखोला बजार बगाएको छ । भीषण वर्षासँगै पहाडबाट झरेको पहिरोले दहीखोला बजार बगरमा परिणत भएको छ । शुक्रबार साँझ असिनापानी बर्सिएपछि दहीखोलामा बाढी आएको थियो ।
    खहरे खोलामा आएको बाढीले एकजनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार पहिरोमा पुरिएर ३५ वर्षीया गीता थापामगरको ज्यान गएको हो । उनको शव शनिबार सुरक्षाकर्मीले निकालेका थिए । बाढी आएपछि दैलेख सिहासैन ९ का रंग विक बेपत्ता भएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी वीरबहादुर वलीले बताए । पहिरो र बाढीले बजारमा रहेका दैलेखतर्फका ८ र कालीकोटतर्फका सात घर बगेका छन् ।
    अत्यधिक वर्षाका कारण बजारभन्दा माथि रहेको लेकबाट झरेको पहिरो र दहीखोलामा आएको बाढीले हेर्दाहेर्दै बजार बगाएको हो । बजारमा व्यवसाय गर्दै आएका व्यापारी गोकर्ण रावतले पहाडबाट खसेको पहिरोसँगै खोलामा आएको बाढी बजारमा पसेको बताए । उनले भने, ‘साँझ एकाएक ठूलो पानी पर्‌यो । माथि लेकबाट झरेको पहिरोले दहीखोला बौलायो । भाग्यले बजारका धेरैजना भाग्न सफल भयौं तर हामीले हेर्दाहेर्दै बजार बग्यो ।’
    पहिरोमा छोरी गुमाएकी धनादेवी थापाले भनिन्, ‘साँझपख माथि लेकमा पहिरोको ठूलो आवाज आयो । हामी घरबाट निस्केर भाग्यौं । हामीले हेर्दाहेर्दै दैवले छोरी गीतालाई लग्यो । चाहेर पनि बचाउन सकेनौं ।’ बजार नै बगेपछि स्थानीय बासिन्दा बिचल्लीमा परेका छन् । सडकमा काम गर्न पुगेका मजदुर र स्थानीय बासिन्दा गरी एक सयभन्दा बढीले भागेर ज्यान बचाएका थिए ।
    मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका अनुसार पहिरोका कारण कर्णाली राजमार्गलाई क्षति पुगेको छ । राजमार्गअन्तर्गत धेरै ठाउँमा सडक पुरिएको छ । शुक्रबारबाट कर्णाली राजमार्गमा यातायात सेवा ठप्प छ । सडकको पहिरो हटाउन केही दिन लाग्ने प्रहरीले जनाएको छ । यातायात अवरुद्ध भएपछि सुर्खेतबाट जुम्लाका लागि छुटेका र जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेका दर्जनांै सवारीसाधन र यात्रु अलपत्र परेका छन् ।
    मध्यपश्चिमका प्रहरी प्रमुख डीआईजी माधव नेपालले एक्कासि आएको बाढी र पहिरोबाट करोडौंको क्षति पुगेको बताए । साँझमै भएकाले बजार बगे पनि मानिस भने भाग्न सफल भएको उनले बताए । ‘राति भएको भए ठूलो मानवीय क्षति हुने रहेछ’, नेपालले भने, ‘बजारका घर बगेका छन् । हालसम्म एकजनाको मृत्यु भएको र एकजना बेपत्ता भएको पाइयो ।’
    क्षेत्रीय प्रहरी कार्यालयका अनुसार कालीकोट र दैलेखबाट प्रहरी र नेपाली सेनाले दहीखोलामा उद्धारकार्य जारी राखेका छन् । घटनास्थल पुगेका दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले खोला सानो भए पनि पहाडबाट ठूलो पहिरो खसेका कारण बजार नै बगेको बताए । उनका अनुसार बजारका अधिकांश घर बगेका छन् भने केही घर पुरिएका छन् ।
    पहिरोले कर्णाली नदी आधा मिटर थुनिएको स्थानीय बासिन्दाले बताए । बाढीले दुईवटा ट्याक्टर र एउटा मोटरसाइकल पनि बगाएको छ । कर्णाली राजमार्ग सञ्चालनमा आएपछि दहीखोला बजार बनेको हो ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, जेठ ०२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.