×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

भूकम्पले उत्तरी भेगमा चिरैचिरा

  •  
  • सोमबार, फागुन १७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :फाइल फोटो

    पिताम्बर सिग्देल
    काठमाडौं: गत वैशाखको विनाशकारी भूकम्पका कारण नेपालको उत्तरी हिमाली भेगमा नदेखिने गरी गहिरो र फराकिलो क्षेत्रमा जमिन चिरिएको तथ्य विश्वविख्यात वैज्ञानिकले पत्ता लगाएका छन् । उनीहरूका अनुसार उत्तरी टेक्टोनिक प्लेटको मुनि सबैभन्दा धेरै पहिरोको घनत्व छ । जमिनमुनिको कमजोर क्षेत्रमा भूकम्पले हल्लाएको ठूलो क्षेत्र धस्सिएको छ, जहाँ सधैं पहिरोका लागि खतरा रहन्छ ।
    अमेरिकाको अरिजना पोस्टड्याम विश्वविद्यालयका भूगर्भविद्ले भूउपग्रह तस्बिर र जमिनमुनिको अध्ययन गर्ने आधुनिक प्रविधि प्रयोग गरी पहिरो तथा जमिनको अवस्था अध्ययन गरेका थिए । अध्ययन प्रतिवेदन विश्वप्रसिद्ध साइन्स म्यागेजिनमा प्रकाशित भएको छ । अध्ययनअनुसार जमिनमा चिरा (ग्राउन्ड रप्चर) नदेखिएका कारण पनि पहाडी तथा हिमाली भेगको भिरालो भाग आगामी दिनका लागि सबैभन्दा धेरै जोखिमपूर्ण छ ।
    भूकम्पले पनि जमिन ३० डिग्रीभन्दा भिरालो भएको ठाउँ र जमिन हल्लिने क्रम ०.६ जी (एक्सलारेसन अफ ग्राभिटी) भन्दा बढी भएका ठाउँमा बढी पहिरो र क्षति गरेको तथ्य वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् । जमिनमा चिरा पनि नदेखिएको तर भित्रभित्रै भूभाग कमजोर भएकाले जुनसुकै बेला डाँडापाखै बग्नसक्ने चेतावनी प्रतिवेदनमा दिइएको छ । वैज्ञानिकहरूले चार हजार तीन सय १२ पहिरो तथा चर्किएको जमिनको भौगर्भिक अध्ययन गरेका हुन् ।
    उनीहरूले ती सबै पहिरो भिरालो जमिनमा भूकम्पको झड्कासँग सम्बन्धित रहेको पुष्टि पनि गरेका छन् ।
    जमिनमा चिरा पनि नदेखिएको तर भित्रभित्रै भूभाग कमजोर भएकाले जुनसुकै बेला डाँडापाखै बग्नसक्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् ।
    वैज्ञानिकहरूले नेसनल एरोनाटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) को भूउपग्रह तस्बिर र तथ्यांकका आधारमा टेक्टोनिक प्लेट, भौगर्भिक बनोट तथा जमिनमुनि ढुंगा र माटोको सम्मि श्रणका बारेमा विस्तृत अध्ययन गरेका थिए । अध्ययन समूहको नेतृत्व गरेका अरिजोना विश्वविद्यालयका प्राध्यापक जेफ कार्लगलले आगामी दिनमा आउनसक्ने भूकम्पले वैशाखको भन्दा ठूलो क्षति गर्नसक्ने सम्भावना देखिएको भन्दै अहिल्यैदेखि सचेतना अपनाउन आग्रह गरेका छन् ।
    ‘यो नेपाल सरकार तथा सहयोग गर्ने निकाय र विश्वकै लागि सचेतनाको घन्टी हो । यसबाट सरकारले जमिनको वैज्ञानिक प्रयोग तथा निर्माणसम्बन्धी आचारसंहिता र मापदण्ड लागू गर्नमा जोड दिनुपर्छ’, कार्लगलले भनेका छन्, ‘यो सरकारको आलोचना पनि होइन, खतराको घन्टी हो । अब सचेतना अपनाइएन भने भविष्यमा डरलाग्दो अवस्था उत्पन्न हुनेछ ।’
    उच्च हिमाली भेगमा भएका हिमपोखरीहरू जमिनमा चिरा नपरेका कारण मात्रै जोगिएको पनि प्रतिवेदनमा उल्लेख छ । जमिनभन्दा १० देखि १५ किलोमिटर तल जमिन चिरिए पनि हिमाली भेगमा माथिल्ला भागसम्म आइनपुगेको वैज्ञानिकहरूको निष्कर्ष छ ।
    पोट्सड्याम विश्वविद्यालयका पृथ्वी तथा वातावरण अध्ययन विज्ञानका प्राध्यापक उल्फग्याङले काठमाडौंभन्दा उत्तरी भेगको लाङटाङमा गएको पहिरो र हिमआँधीले यसअघिका भूकम्पबारेका कतिपय सिकाइ असफल साबित गरेको बताएका छन् । ‘लाङटाङ घटनाले प्राकृतिक विपत्ति र खतराको मूल्यांकन नयाँ ढंगमा गर्नुपर्ने पाठ सिकाएको छ’, उल्फग्याङले भनेका छन् ।
    लाङटाङमा भूकम्पपछि आएको पहिरो र हिमपहिरोले बस्ती नै बगाएको थियो भने सयौं सर्वसाधारणको मृत्यु भएको थियो । नेपालको प्रसिद्ध पर्यटकीय स्थल लाङटाङ भूकम्पछि खण्डहरमा परिणत भएको छ ।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन १७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.