×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

घर पुनर्निर्माणलाई ६५ अर्ब निकासा

  •  
  • सोमबार, फागुन १७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आगामी २० गतेबाट पहिलो किस्ता रकम वितरण सुरु

    – कृष्ण आचार्य

    फाल्गुन १७, २०७२- अर्थ मन्त्रालयले पुनर्निर्माण प्राधिकरणलाई निजी घर पुनर्निर्माणको लागि दिइने अनुदान अन्तर्गतको पहिलो किस्ता रकम वितरणका लागि ६५ अर्ब रुपैयाँँ निकासा दिएको छ । आइतबारको मन्त्रीस्तरीय निर्णयले निकासाको निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए । ‘६५ अर्ब निकासा भइसक्यो,’ उनले भने, ‘अब प्रक्रिया पूरा गरी भूकम्पबाट क्षति भएको घर पुनर्निर्माण गर्न पहिलो किस्ता वितरण गर्न प्राधिकरणलाई बाटो खुला भएको छ ।’

    पूर्ण रूपमा निजी घर भत्किएको परिवारलाई पहिलो किस्ता अन्तर्गत ५० हजार रुपैयाँका दरले वितरण गर्नका लागि उक्त रकम निकासा दिइएको हो । पहिलो चरणमा आगामी २० गतेबाट दोलखाको सिंगटीबाट उक्त रकम वितरण सुरु गरिने प्राधिकरणले जनाएको छ । ‘निकासाको निर्णय भएको मैखिक जानकारी आएको छ । रकम केही दिनमा आउला,’ प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले भने, ‘उक्त रकम अगामी २० गतेदेखि सिंगटीबाट बाँड्न सुरु गर्ने हो । उक्त दिन कुनै न कुनै पीडितले ५० हजार रुपैयाँँ पाउने छन् ।’ भत्किएका संरचनाको सर्भे सिंगटीमा भइसकेकाले वितरण सुरु गरिने उनले बताए हुन् ।

    सर्वेक्षण सकिसकेको ठाउँहरूमा क्रमश: वितरण गर्दै जाने प्राधिकरणले जनाएको छ । सर्वेक्षणको काम सकिए पनि स्रोत केन्द्र स्थापना गरी अनुदान अन्तर्गतको २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । अनुदान अन्तर्गतको रकम घरधनीले सुरक्षित घर निर्माण सर्तसहित नक्सा पास गरेपछि प्रथम किस्ताअन्तर्गत २५ प्रतिशत ५० हजार रुपैयाँँ अनुदान पाउने हुन् । जग निर्माण कार्यसम्पन्न भए पश्चात प्राविधिक चेकजाँचका आधारमा दोस्रो किस्ता रकम ४० प्रतिशत अर्थात ८० हजार रुपैयाँँ पाउने छ । छाना छाउनु अगाडिको तहसम्मको कार्य सम्पन्न भए पश्चात तेस्रो एवं अन्तिम किस्ता ७० हजार रुपैयाँँ पाइने व्यवस्था गरिएको छ ।

    प्राधिकरणमा ६ सहसचिव खटाइयो
    प्राधिकरणमा कर्मचारी नै जान नमान्ने र सरकारले खटाउन नसकेको विषयमा आलोचना बढेपछि सामान्य प्रशासन मन्त्रालयले एकैदिन ६ सहसचिवको त्यहाँ सरुवा गरेको छ ।

    समान्य प्रशासन मन्त्रालयले आइतबार ६ सहसचिबलाई प्राधिकरणमा सरुवा गरेको हो । मन्त्रालयका सचिव टंकमणि शर्माका अनुसार सरुवा हुनेहरूमा सुशील पाण्डे, रवि भट्टराई, जनार्दन गुरागाई, कुलप्रसाद चुडाल, आनन्दराम रेग्मी र शत्रुधन पुडासैनी छन् ।

    प्राधिकरणले उच्च तहका कर्मचारी अभावका कारण पुनर्निर्माणसम्बन्धी काम अघि बढाउन कठिनाइ भएको जनाउँदै आएको थियो । प्राधिकरणमा कर्मचारी नै जान नमान्ने र सरकारले दबाब दिएर पठाउन नसकेका कारण दरबन्दी अनुसारको सरुवा हुन सकेको थिएन । ‘प्रशासकीयतर्फ प्राधिकरणका लागि आवश्यक सबै सहसचिवको दरबन्दी पूर्ण भएको छ,’ शर्माले भने, ‘प्राविधिक कर्मचारी सम्बन्धित सेवा समूहबाट अन्य मन्त्रालयहरूबाट खटाउने हो । मैले खटाइदेऊ भनेर भनिरहेको छु ।’

    प्राधिकरणलाई २९ प्राविधिकहरूको आवश्यकता छ । यसमध्ये दुई जना प्राविधिक काजमा सरुवा भई हाल काम गरिरहेका छन् । प्राधिकरणका अनुसार सहरी विकास मन्त्रालयबाट दुई जना काजमा सरुवा भइआएका हुन् । ‘सबैभन्दा बढी प्राविधिक भौतिक पूर्वाधार मन्त्रालयमा २२ जना छन् ।

    मन्त्रालयसँग कुरा हुँदा हामी प्राविधिक खटाउन सक्दैनौं । हाम्रै आयोजनालाई प्राविधिक कम भइरहेको छ भन्नुभएको छ,’ शर्माले भने, ‘समन्वय गरिरहेका छौं । तर, इन्जिनियरहरू उपलब्ध हुने सम्भाबना कम देखिन्छ ।’ इन्जिनियर नहुँदा पुन:स्थापना योजना, घरको सुपरिवेक्षण तथा नक्सा निर्माण, ग्रामीण पुनर्निर्माण योजना तयार गर्न समस्या भइरहेको प्राधिकरणले जनाएको छ । हाल प्रशासनिक कर्मचारीले नै प्राधिकरणमा काम गरिरहेका छन् ।

    सामान्य प्रशासन मन्त्रालयले २ सय ८ जना कर्मचारीको दरबन्दी कामय गरेको छ । हाल ८५ कर्मचारी प्राधिकरणमा सरुवा गरिसकेको छ । आइतबार सरुवा भएका सहसचिवसहित ९१ कर्मचारी प्राधिकरणका लागि तोकिएका छन् । सरुवा भएकामध्ये केही कर्मचारीहरू प्राधिकरण पुगेकै छैनन् । प्राधिकरणले कानुनतर्फका कर्मचारी पनि नभएकाले समस्या भइरहेको जनाउँदै आएको छ । हाल कानुनतर्फ उपसचिवको दरबन्दी स्वीकृत भएको छ ।

    कानुन मन्त्रालयले अहिलेसम्म उपलब्ध नगराएको प्राधिकरणले जनाएको छ । खासगरी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को योग्यताको विषयलाई लिएर क्षमतावान् कर्मचारी प्राधिकरण्मा जान नमानेको सामान्य प्रसासन मन्त्रालयका अधिकारीले जनाएका छन् । उक्त कारणले कर्मचारी खटाउन कठिनाइ भएको हो ।

    समान्य प्रशासन मन्त्रालयले ६ जना सहसचिवको सरुवा गरेसँगै प्राधिकणलाई उपक्षेत्रीय कार्यालय स्थापनाको प्रक्रिया अघि बढाउन बाटो खुलेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले भूकम्प प्रभावित १७ जिल्लामध्ये ७ ठाउँमा उपक्षेत्रीय कार्यालय स्थापनाको तयारी गरिरहेको छ । काठमाडाैं र भक्तपुरका लागि काठमाडौंमा एक उपक्षेत्रीय कार्यालय रहने छ । ललितपुर र मकवानपुरका हेर्ने गरी ललितपुरमा उक्त कार्यालय स्थापना हुने छ ।

    गोरखा र धादिङको लागि गोरखा, नुवाकोट र रसुवाको लागि नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीका लागि धुलिखेल, दोलखा, रामेछाप र ओखलढुंगाका लागि दोलखामा उपक्षेत्रीय कार्यालय स्थापना गर्ने तयारी गरिरहेको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन १७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.