साँकेतिक तस्बिर
गोरखा । गोरखा प्रहरीले ९ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गण्डकी गाउँपालिका–६ भूम्लिचोकका २१ बर्षिय युवक बिमल चेपाङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार साउन ३१ गते साँझ स्थानिय ९ बर्षिया बालिका नाम परिवर्तन ०८२–०८३ ग कुमारीलाई जबरजस्ती करणी गरेकोभन्दै पिडितका आफन्तबाट प्रहरीमा किटानी जाहेरी परेको हो ।
जाहेरी परे लगत्तै प्रहरीले चेपाङलाई पक्राउ गरी आजै जबरजस्ती करणी शिर्षकमा मुद्वा दर्तागरी मंगलबार गोरखा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको उनले बताए ।
पक्राउ परेका चेपाङ बिरुद्व अनुसन्धान थालिएको गोरखा प्रहरीले जनाएको छ । साउन यता मात्र जिल्लाको विभिन्न क्षेत्रमा गरी ३ वटा बलात्कारको मुद्वा समेत दर्ता भएको गोरखा प्रहरीले जानकारी दिएको छ ।




















