बैतडी । जिल्लाकाे दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलामा लेनदेनकाे बिषयमा बिवाद हुदा आफ्नै दाजुले गाेली प्रहार गरी भाइकाे हत्या गरेका छन् । गोली प्रहारबाट चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको ज्यान गएकाे बैतडी प्रहरीले पुष्टी गरेकाे छ ।
गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
सुरेन्द्रलाई दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले शनिबार राति ८ बजे गोली प्रहार गरेका थिए । गाेली प्रहार गरेर कर्णबहादुर बेपत्ता भएका छन् । उनकाे खाेजी भइ रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बडू, इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद तथा खोचलेक प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक गणेश कडायत नेतृत्वको टोली घटनास्थल पुगेका छन् ।




















