गाेरखा । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) ले आज गोरखा दरबार सङग्राहलय र गोरखकाली मन्दिरको अवलोकन गरेका छन् ।
बारपाक सुलिकोट गाउँपालिकाले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २९औँ स्मृति दिवसको अवसरमा भोली गाउँपालिकाको-८ स्थित पन्द्रुङमा आयोजना गर्न लागेको स्मृति दिवस कार्यक्रममा सहभागी हुन गोरखा आइपुगेका उनले प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित कालिका मन्दिर र ऐतिहासिक गोरखा दरबार र सङग्राहलयको अवलोकन गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय उत्पादन विभागका प्रमुख समेत रहेका उनले सदरमुकामको पाटेचौरमा रहेको जिल्ला पार्टी कार्यालयको पनी अवलोकन गरेका थिए ।
पूर्व उपराष्ट्रपति पुनः आज बारपाक सुलिकोट गाउँपालिकाको ताकुकोट पुगेर भोली विहान त्यहाँ आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएकाे छ ।
तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएका बालक दिलबहादुर रम्तेलको सम्झना र सम्मानमा स्मृति दिवस मनाउन लागिएको हाे ।
दिवसको अवसरमा गाउँपालिकाको आयोजनामा सहिद परिवार सम्मान, प्रगतीशिल साहित्यिक विर्मस, कार्यक्रम, पालिका भित्रका माध्यामिक विद्यालयतहको वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम रहेकाे छ ।
कार्यक्रमकाे नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा यसपटक रम्तेलको स्मृति दिवसमा प्रगतीशिल साहित्यिक विर्मस कार्यक्रम गर्न लागिएको हो ।
सहिद दिल बहादुर रम्तेल स्मृति पार्क तथा जनयुद्ध संग्राहलयमा कार्यक्रमको आयोजना गरिएको हो । बि.स २०५२ साल फागुन १४ गतेका दिन गोरखाको पुन्द्रुङ स्थित ब्रम्हाचारिणी निमाविको कक्षा ४ मा अध्ययनरत ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेललाई माओवादीलाई सघाएको आरोपमा विद्यालय हाताभित्रै सुरक्षाकर्मीले गाेली हानी हत्या गरेका थियो ।


