प्रतिकात्मक तस्बिर
गोरखा । गोरखाका एक बिद्यालयका शिक्षकले आफ्नै छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जाजरकोट जिल्ला नलगाड नगरपालिका–८ घर भई हाल धार्चे गाउँपालिकाको एक बिद्यालयमा शिक्षक रहेका ३५ बर्षका कमल बहादुर बोहरा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार ति बालिका १५ बर्षका छन् । पक्राउ परेका शिक्षकले गएको पौषदेखी नै पिडित बालिकालाई पटक पटक जबरजस्ती करणी गर्दै आएका थिए ।
पछिल्लो समय माघ २८ गते रातको समयमा पुनः बोहराले जबरजस्ती करणी गरेपछी पिडितका आफन्त मार्फत प्रहरीमा जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भए लगत्तै बोहरालाई प्रहरीले फागुन ७ गते बुधबार पक्राउ गरेको हो ।
पक्राउ परेका बोहरा बिरुद्व जबरजस्ती करणी शिर्षक मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद लिएर थप अनुसन्धान गरी रहेको पनि सूचना अधिकारी सुवेदीले जानकरी दिए ।


