गोरखा । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका एक थरी मानिस जनताले पाएको अधिकारलाई कसरी खोस्न सकिन्छ भनेर लागि परेको बताएका छन् ।
गोरखा निर्वाचन क्षेत्र २ को पालुटार नगरपालिका आइपुगेका उनले सरकार जनताले पाएका अधिकारलाई संस्थागत, सुनिश्चित, परिमार्जित तथा अझ बढी अधिकार सम्पन्न गराउनुका साटो कसरी खोस्न सकिन्छ भन्ने तर्फ उद्वत रहेको बताएका हुन् ।
आफ्नो निर्वाचन क्षेत्र आइपुगेका अध्यक्ष प्रचण्डले ‘देश अहिले एउटा राजनैनिक अवस्थाले गुज्रिरहेको छ’ उनले भने ‘सरकारका एकाथरी मानिस यही मौका छोपेर प्राप्त अधिकार खोस्ने तर्फ लागेका छन् ।’
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफ्नो बाँकी अवधीमा गोरखा जिल्ला र आफ्नो निर्वाचन क्षेत्रको बिकासमा लागि पर्ने प्रतिवद्वता समेत ब्यत्त गरे ।


