गाेरखा । गोरखामा राष्ट्रिय प्रजातन्त्र दिवस ३ दिन विविध कार्यक्रम गरी मनाइने भएको छ । जिल्ला प्रसासन कार्यालय गोरखाको समन्वयमा फागुन ६, ७ र ८ गते बिभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने भएकाे हाे ।
जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरको संयोजकत्वमा मूल समारोह समितिसमेत गठन गरिएको छ । फागुन ७ गते प्रजातन्त्र दिवसका दिन विहान ७ः४५ बजे सदरमुकाममा प्रभातफेरीसहित ठूलो आँगनमा मूलसमारोह समितिको आयोजनामा विशेष कार्यक्रम गरिने साहायक प्रजिअ चित्राङग्त बरालले जानकारी दिए ।
यस्तै जिल्ला भित्रका सवै सरकारी तथा गैह्रसरकारी कार्यालय, संघसस्ंथा तथा नीजि निवासमा तीनैदिन दिपावलीका लागि आब्हान गरीएकाे छ ।
दिवसकै सन्दर्भमा गाेरखा सदमुकाममा रहेकाे सशस्त्र प्रहरी बल २९ नम्बर गुल्मको आयोजनामा फागुन ८ गते आगलागी नियन्त्रणका लागि पूर्वअभ्यास गर्ने कार्यक्रम तय गरिएको छ । सदरमुकामस्थित रानी बनको जंगलमा डढेलो नियन्त्रणको पूर्वअभ्यास गर्न कार्यक्रम तय भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।


