गोरखा । गण्डकी गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको आयोजनामा १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना (साकार) प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा भ्रष्टाचार न्युनीकरणका बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख आसमान तामाङ, गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारी, प्रमुख प्रशासनिक अधिकृत भुवन चापागाँई, विभिन्न वडा अध्यक्षलगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।


