गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले जन युद्ध दिवसकाे अवशरमा फागुन १ गते पालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ फागुन ०१ गतेदेखि सुरु भएको सशस्त्र युद्धको स्मरण र सशस्त्र युद्धका क्रममा शहादत प्राप्त गरेका शहिदहरु प्रति उच्च सम्मान गर्दै पालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेको जनाएकाे छ ।
गाउँपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै पालिका भित्र विदा दिने निर्णय भएको जानकारी दिएको हो । ‘‘सशस्त्र युद्ध दिवसका दिन यस गण्डकी गाउँपालिका, गाउँ कार्यपालिकाको माघ ८ को निर्णयानुसार गाउँपालिका भित्रका सम्पुर्ण सरकारी कार्यालय, अर्ध तथा गैर सरकारी संघ संस्था, शिक्षण संस्थाहरु लगायतका सबै निकायहरुमा १ दिन सार्वजनिक विदा दिने निर्णय भएको हुदा उक्त दिन सम्पुर्ण सरकारी कार्यालय, अर्ध तथा गैर सरकारी संघ संस्था, शिक्षण संस्थाहरु लगायतका सवै निकायहरुमा सार्वजनिक विदा दिइएको व्यहोरा जानकारी गराईन्छ ।’’
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणबाबु कट्टेलद्धारा सूचना जारी गरीएकाे छ ।





















