गोरखा । शिक्षा विकास तथा समन्वय इकाई गोरखाबाट प्रदान गरिदैँ आएको नियमित सेवाप्रवाह ४ दिनका लागि बन्द गरिने भएको छ ।
शिक्षक सेवा आयोगद्धारा सञ्चालन हुने प्राथामिक तह तृतीय श्रेणीको शिक्षक पदको अन्तरर्वाता इकाईमा सञ्चालन हुने भएपछि माघ २८ गतेदेखि फागुन १ गतेसम्म सेवाप्रवाह बन्द गर्न लागिएको इकाईका प्रमुख रमेश प्रसाद मैनालीले जानकारी दिए ।
उक्त समयमा अन्तरर्वाताका लागी मानिसहरु धेरै आउने भएकाले कार्यालयकाे नियमीत सेवा प्रभावित हुने भएकाेले ४ दिन अर्थात फागुन १ गतेसम्मकाे लागी सेवा वन्द गर्न लागेकाे कार्यालयले जनाएकाे छ ।



