गोरखा । नेपालकै पहिलो मनकामना केबुलकार मर्मत लगत्तै आज बिहानैदेखी सञ्चालनमा आएकाे छ । बुधबार केबलकारकाे ब्रेक चाेपर र २ वटा टावर मर्मतका लागि बन्द गरेकाे केबलकार आज (बिहीबार) बिहानैदेखी सञ्चालनमा आएकाे मनकामना दर्शन प्रालिले जनाएकाे हो ।
प्रालिले सूचना जारी गर्दै मंसिर ५ गते बुधबार र ६ गते बिहीबार केबुलकारकाे ब्रेक चाेपर र टावर नम्बर १ र २ काे परिमार्जन कार्य गर्न बन्द गर्न लागेको जनाएको भएता पनि उक्त कार्य हिजाे एकै दिनमा काम सकिएकाेले आज बिहानैदेखी सञ्चालनमा ल्याएकाे मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले जानकारी दिए ।
उनका अनुसार कम्पनीबाट आएका प्राविधिकहरुले केही दिनदेखी साँझमा काम गरीरहेकाले २ दिन बन्द गर्ने भनिएकाेमा आज १ दिनमा नै काम सम्पन्न भएकाेले हिजाे १ दिनमात्र बन्द गरिएकाे हाे ।
नेपालकै प्रसिद्व धार्मिकस्थल मनकामना मन्दिर जाने तिर्थ यात्रीहरुको सुविधाकालागी २०५५ साल मंसिर ८ गतेदेखी मनकामना केबुलकार सञ्चालनमा आएको हो ।


