गोरखा । गोरखामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन रणनीतिक योजना निर्माण गर्ने उद्धेश्य सहितकाे ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१’ भेला सुरु भएको छ ।
नेपाल होटल संघ गोरखाको आयोजनामा जिल्लामै पहिलो पटक गोरखाको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्दै पर्यटन प्रर्वद्धनका लागि योजना निर्माण गर्न ‘ऐतिहासिक पर्यटन व्यवसायी भेला २०८१’ को आयोजना गरेकाे संघका जिल्ला अध्यक्ष केशव कुँवरले जानकारी दिए ।
आज र भाेली हुने भेलामा जिल्ला भित्र स्थायी घर भइ देशभर पर्यटनका क्षेत्रमा काम गर्दै आएका पर्यटन व्यवसायीको सहभागिता रहने छ । सदरमुकामकाे गाेरखा गार्डेन हाेटलमा सुरु हुनु पूर्व हरमटारीबाट हाेटल ब्यवसायीहरुले बाजागाजा सहितकाे र्याली गरेका थिए ।
र्यालीमा माओबादी केन्द्रका केन्द्रिय अघ्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रमुख अतिथिकाे रुपमा सहभागी भएका छन् । पूर्व प्रधानमन्त्रि डा.बावुराम भट्टाराई समेत सहभागि हुने भनिएकाे उक्त कार्यक्रममा भट्टराई भने सहभागि भएनन् ।
भेलामा १५० भन्दाबढी पर्यटन व्यवसायीको सहभागिता रहने अनुमान गरीएकाे छ ।
भेलामा गोरखाबाट निर्वाचित संघ तथा प्रदेशसभाका सांसदहरुलगायतको पनि सहभागिता रहकाे छ ।



