गोरखा । पछिल्लो केही बष यता गोरखामा डेङगुको संक्रमण अधिक मात्रामा देखिन थालेको छ । पर्याप्त सरसफाई तथा उचित हेरचाह नहुदाँ डेङगु संक्रमण उच्च देखिएको सरोकारवालाहरुले बताए ।
यो बर्षको पहिलो चौमासिकमा मात्रै ९ स्थानिय तहमा १ हजार ३५५ जनामा डेङगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पर्सन तथा ल्याब टेक्निसियन नारायणबावु अर्यालले बताए ।
यो संख्या गत बर्ष जिल्ला भर देखिएको संक्रमितभन्दा ३ गुण बढी हो । चालु आर्थिक बर्षको अझै ८ महिना बाँकी भएकोले पनि संक्रमीतको संख्या बढन सक्ने फोकल पर्सन अर्यालले जानकारी दिए ।
गत आर्थिक बर्षमा गोरखामा ४८९ जनामा डेङगु संक्रमण देखिएको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ । कार्यालयको रेकर्ड अनुसार आर्थिक बर्ष २०७९–०८० मा जिल्ला भर ५२९ जनामा संक्रमण देखिएको थियो ।
डेङगुको संक्रमण देखिने बेला उचित सरसफाई नहुनु, पालिका स्तरमा भएका स्वास्थ्यकर्मीहरुले सचेतना कार्यक्रम नचलाउनु तथा संक्रमित बिरामीहरु असुरक्षित रुपमा खुल्लमखुल्ला हिडढुल गर्दा पनि यस पटक जिल्लामा डेङगुका बिरामी बढेको स्वास्थ्यकर्मीहरुले जानकारी दिए ।
साउन महिलामा ८ जना मात्र फेला परेको डेङगुका बिरामी भर्दौ महिनाको अन्तसम्म आउदा ४३८ जनामा संक्रमण देखिएको थियो । त्यस्तैगरी, असोज अन्तिम सातासम्म ८०४ जनामा देखिएको उक्त संक्रमण कार्तिक मसान्तसम्ममा १ हजार ३५५ जनामा देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
संक्रमण देखिएको मध्ये सबैभन्दा बढी गोरखा नगरपालिकामा देखिएको छ । गोरखा नगरपालिकामा १ हजार १२८ जना, आरुघाट गाउपालिकामा ८२ जना पालुङटार नगरपालिकामा ६९ जनामा संक्रमण देखिएको छ ।
त्यस्तैगरी गण्डकी गाउँपालिकामा ३६ जना, शहिदलखनमा १२ जना अजिरकोटमा ११ जना, भिमसेन थापामा ९ जना, बारपाक सुलिकोटमा ५ जना र चुमनुब्री गाउँपालिकामा ३ जनामा देखिएको छ ।
यो भन्दा अगाडीका बर्षहरुमा उत्तरी गोरखाको चुमनुब्रीमा डेङगुको संक्रमण नदेखिएको भएता पनि यस पटक ट्राभल हिष्ट्री भएकाहरुमा संक्रमण देखिएको फोकल पर्सन अर्यालले जानकारी दिए ।



