गाेरखा । नेपाली कांग्रेसका पूर्वउपभापति तथा पूर्वमन्त्री चीरञ्जीवी वाग्लेका छोरा देवेन्द्र वाग्लेको निधन भएको छ । उनी नेपाली पर्यटन व्यवसायी हुन् ।
गोरखाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका वाग्लेको काठमाडौं ह्याम्स अस्पतालमा उपचार क्रममा आइतबार निधन भएको हो । ५५ वर्षीय वाग्लेको निधनमा पर्यटन व्यवसायी तथा कांग्रेस नेता–कार्यकर्ताले दुःख व्यक्त गरेका छन् ।
एडभेन्चर माउन्टेन एक्स्प्लोर ट्रेक्स एन्ड एक्स्पिडिसन (एमिको) का सञ्चालक वाग्लेले इमानदार पर्यटन व्यवसायीको छवि बनाएका थिए ।
वाग्लेको निधनबारे ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) अध्यक्ष सागर पाण्डेले नेपालको पर्यटन क्षेत्रले एक कुशल व्यावसायिक नेता गुमाएको बताए ।
वाग्नलेकाे आजै पशुपती आर्यघाटमा अन्त्यष्टी गरिएकाे छ ।




















