गाेरखा । गोरखाका सांसद राजेन्द्र बजगाईँले आज माइतीघर पुगेर बिराेध गरेका छन् । हवाई भाडा महँगो भएको भन्दै गाेरखा १ बाट प्रतिनिधिसभा निर्वाचित साँसद बजगाईँले विरोध प्रदर्शन गरेका हुन् ।
नेपाली कांग्रेसकाे तर्फबाट साँसद बनेका बजगाईँले पछिल्लाे पटक मनाेमानी ढंङ्गले हवाई भाडा दर बाढाएकाेभन्दै विरोध जनाएका हुन् ।
उनले नेपाली पर्यटन क्षेत्र अस्तव्यस्त भएको तथा नेपालभित्र रोजगारका सम्भावना नभएको अवस्थामा विदेश जानेहरूलाई महँगो हवाई भाडा असुलेको भन्दै विरोध गरेको बताए ।
‘नेपाली पर्यटन क्षेत्र अस्तव्यस्त छ उता नेपालभित्र रोजगारका सम्भावना नभएर बुवाआमाले दुध खान पालेका गाईभैसी बेचेर, परिवार र सन्तान छाडेर बिदेसिन बाध्य नपाली दाजुभाइ दिदीबहिनी माथि महँगो भाडा थपिएको छ‚’ उनले विरोध जनाउँदै फेसबुक स्टाटस समेत हालेका छन् ।



