गाेरखा । आज बिहानै चितवनको भरतपुर महानगरपालिका-२९ काे सत्रकिलोमा बस र माइक्रोबस ठोक्किँदा गाेरखा मान्बुका १ जना सहित ५ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा गाेरखा जिल्ला, आरुघाट गाउँपालिका-१ मान्बु घर भएका अन्दाजी ४२ बर्षका राजबहादुर गुरुङ भएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए ।
उनका अनुसार ज्यान गुमाउने अन्य ४ जनाकाे पहिचान खुल्न सकेको छैन । दुर्घटनामा घाइते भएका अन्य १ जनाकाे घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको पनि उनले बताए ।
ज्यान गुमाउने पाँचै जना माइक्रोबसका यात्रु रहेकाे प्रहरीले जनाएको छ ।
मुग्लिनबाट नारायणगढका लागि जादै गरेकाे बाग्मती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनका लागि छुटेकाे बाग्मती प्रदेश ३–००१ ख २८१२ नम्बरको बस आज बिहान ३ बजेतिर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।


