गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले प्लास्टिकका फूल र मालामा प्रतिबन्ध लगाएको छ । नजिकिदै गरेको तिहारलाई लक्ष्य गरी प्रशासनले प्लास्टिकका फूलगुच्छा र माला बिक्री÷ बितरण र ओसारपसार तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा हस्ताक्षरित सूचनामा प्लास्टिकको फूलगुच्छा र माला बिक्री÷बितरण, भण्डारण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाएको जनाएको छ ।
अनुगमनका क्रममा यस्ता सामाग्रीहरुको बिक्री/वितरण वा प्रयोग भएको पाइएमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम कारवाही गरिने सहायक प्रजिअ बरालले बताए ।



