गोरखा । गोरखामा मोटरसाइकल दुर्घटनामा परि धादिङका १ जना युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ घर भएका २० बर्षिय निशान गिरी रहेकाे गाेरखा प्रहरी पुष्टी गरेकाे हाे ।
गाेरखाकाे भिमसेन थापा गाउँपालिका-३ स्थित सिमलफेद भन्ने स्थानमा मोटरसाइकल दुर्घटनामा परि उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक सरोज कार्कीले जानकारी दिए ।
उनका अनुसार असोज २७ गते बेलुका ८:३० बजे मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भिर घाइते भएका निशानको आरुघाट स्थित आधारभुत स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको प्रहरी निरिक्षक कार्कीले बताए ।
सोही दुर्घटनामा माेटरसाइकल चालक २० बर्षका रुपेश गिरी समेत गंभिर घाइते भएकाे छ । गभिर घाइते भएका रुपेशलाई हिजै नै राजधानी स्थित ट्रमा सेन्टर पठाइएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा बा ३६ प १५६२ नम्बरको माेटरसाइकल अनियन्त्रित भई सडकबाट तल खस्दा खसेकाे प्रहरी जानकारी दिएकाे छ ।


