गोरखा । गोरखा सदरमुकाममा रहेको ब्रहकुमारी ईश्वरीय विश्व बिद्यालयमा दशैंको टिका लगाईको छ । शाखाको कालिमाटी चोकमा रहेको सेन्टरमा बिहानीको साईतमा टिका लगाइएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने साइत निकालेको भएता पनि सेन्टरमा बिहानैको शुभ साईतका टिका लगाइएको शाखाकी सञ्चालिका पबित्राले जानकारी दिईन ।
उनका अनुसार पात्रो हेरेर लगाउनेहरुको लागि उत्तम साईत बिहान ११ः३६ मा रहेको भएता पनि बिहानी शुभसाईतमा टिका लगाउन मिल्छ । सेन्टरमा ठुलो संख्यामा जम्मा भएका ब्रह्राकुमारी र ब्रह्रामाकुमार तथा सर्व साधारणहरुले सञ्चालिका पबित्राको हातबाट टिका ग्रहण गरेका थिए ।
सेन्टर बाहेक अन्य घरहरुमा भने असोज शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम् समृद्धिको प्रतीक जमरा लगाएर बिहान ११ः३६ बजे मनाइँदैछ ।
घटस्थापनाका दिन दशैँघर वा पूजाकोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशीमा टीका लगाइन्छ । आज गुरु, पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट टीका, जमरा तथा प्रसाद लगाइन्छ ।
विजयादशीको टीका लगाई दिँदा यश, ऐश्वर्य वृद्धि एवम् दीर्घायु प्राप्त होस् भन्ने जस्ता आशीर्वाद दिइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत निकालेको छ ।
यस्तै बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने साइत छ । साइत नखोज्ने र साइतमा लगाउन नभ्याउनेहरुले आज दिनभर नै टीका लगाउन मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गरेको छ ।



