गोरखा । उत्तरी गोरखाको माछाखोलामा रहेको बेलिब्रिज पुलबाट साना सवारी साधन सञ्चालनमा आएको छ । अधिक बर्षापछी भाद्र १० गते आएको बाढीले पुललाई क्षति पुर्याएपछी मर्मत संभार गरेर मंगलबार दिउसोदेखी सञ्चालनमा ल्याएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।
बाढीले पुललाई क्षती पुर्याएपछी उक्त पुल भएर उत्तरी गोरखा जाने सवै प्रकारको सवारी साधनलाई सञ्चालनमा रोक लगाएको थियो । मर्मत सकिए लगत्तै मंगलबार दिउसोदेखी साना प्रकारका सवारी साधनहरुलाई सञ्चालनमा आएको हो ।
धार्चे गाउँपालिका ३ र ५ नम्बर बडालाई जोडने गरी माछाखोला माथि बनेको पुललाई भाद्र १० गते आएको बाढीले वडा नम्बर ३ को पिल्लरलाई क्षती पुर्याएको थियो ।
पुलको मर्मत गोरखा सडक आयोजनाले गर्ने भनिएता पनि ठाडो खोलाका कारण मेशिन पारी तार्न नसकिएका कारण दशैं लगत्तै गर्ने गरी कामबाट हात झिकेको आयोजना प्रमुखले बताए । उनका अनुसार पालिकालाई जानकारी दिएर आयोजनाले कामबाट हात झिकेको हो ।
यता चाढबाडको समयमा सर्व साधारणहरुलाई समस्या हुनेभन्दै पालिका आफैले सामान्य मर्मत गरेर पुल सञ्चालनमा ल्याएको प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले बताए । ‘पुलको उत्तर तर्फ रहेको भागलाई बाढीले क्षती पुर्याएको थियो’ उनले भने ‘गोरखा सडक आयोजनाले दशैंपछी काम गर्ने भनेकाले हामीले सामान्य मर्मत गरेर खोलेका हौ ।’
अधिकृत सुनारका अनुसार कार्यालयको प्राविधिकहरुले गरेको स्टमेट अनुसार सामान्य खर्चमा क्षती पुगेको भाग तर्फ रड हालेर ढलान गरेको र केही भागमा वल्डिङ गरेर साना सवारी साधन मात्र चलाएको हो ।
उक्त पुल भएर अहिले मोटरसाईकल र चारपाँग्रे हलुका सवारी साधन चल्न दिइएको छ । चारपाँग्रे सवारी साधनमा पनि जिप मात्र छिर्न मिल्ने गरी पुलको उत्तरी भागमा रडले छेकिएको छ ।
उनका अनुसार जिपले वारी नै यात्रुलाई झारेर पारी जानुपर्ने र यात्रुले पैदल हिडेर मात्र पारी गएर सवारी साधन चढन पाउने गरी ब्यवस्था मिलाएको जानकारी दिए । सोही नियम उत्तरी क्षेत्रबाट वारी आउदा पनि लागु हुने छ ।र्मत भने खोलामा पानीको सतह घटेपछी दसैं लगत्तै गोरखा सडक आयोजना संग समन्वय गरेर सुरु गर्ने अधिकृत सुनारले बताए ।
तस्बिर राज गुरुङ




