गोरखा । ऐतिहासिक तथा पुरातात्विक एवं धार्मिक महत्व बोकेको गोरखाको मनकामना क्षेत्र बिकास समितिको निर्देशकमा गोरखा सदरमुकामका अन्जन बस्न्यात छनाैंट भएका छन् ।
बस्न्यातलाई हालै गण्डकी प्रदेश सरकारको मन्त्रि परिषदको बैठकले निर्देशकमा छनाैंट गर्ने निर्णय गरेकाे हो ।
बस्न्यातलाई निर्देशकमा छनाैंट गर्नुपूर्व लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहेको ३ सदस्यीय समितिले नाम सिफारीस गरेको थियो ।
निर्देशकका लागी ४ जनाको निवदेन परेकोमा बस्न्यात चयन भएका थिए । बस्न्यातले अब दसैं लगत्तै क्षेत्र बिकास समितिको प्रशासनिक जिम्मेवारी सम्हाल्ने छन् ।


