गोरखा । गोरखामा डेङगु संक्रमण फैलिए संगै सातामा २ जनाले ज्यान गुमाएको छ । ज्यान गुमाउनेमा गोरखा र पालुङटार नगरपालिकाका १–१ भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
ज्यान गुमाउनेमा गोरखा नगरपालिका–७ बस्दै आएकी ४५ बर्षिया महिला र पालुङटार नगरपालिकाका ४६ बर्षिय पुरुष भएको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यमप्रसाद शर्माले बताए ।
गोरखा नगरपालिका बस्ने महिलाको सदरमुकाममा रहेको एपोलो अस्पतालमा चेकजाँचका क्रममा डेङगु संक्रमण पुष्टी भएको थियो । संक्रमणले च्याप्दै गएपछी उपचारको लागि भरतपुर जाँदा उनको ज्यान गएको थियो ।
गोरखा सदरमुकाममा शनिबारसम्म डेङगुका ६४२ जना संक्रमित फेला परेको कार्यालयका महामारी फोकल पर्सन नारायणबावु अर्यालले बताए । उनका अनुसार पालुङटार नगरपालिकामा हालसम्म ६५ जनामा संक्रमण देखिएको छ ।
फोकल पर्सन अर्यालका अनुसार संक्रमण देखिएपछी उपचार नपाएको खण्डमा ५० प्रतिशतसम्म मानिसको ज्यान जान सक्ने तर रोग पहिचान भएर औषधोपचार गरेको खण्डमा मृत्यु दर २ देखी ३ प्रतिशतमा झर्ने गर्दछ ।
जिल्ला भरी नै शनिरबासम्म ८९४ जनामा डेङगु र ४११ जनमा स्क्रब टाईफस संक्रमित देखिएको उनले बताए ।




















