गोरखा । गोरखाका १ जना युवक बिदेश जान लागेको बेला बिमान स्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा उत्तरी गोरखाको आरुघाट गाउँपालिका–६ आप्रिकका सुरज गुरुङ भएको गोरखा प्रहरीले पुष्टी गरेको छ ।
गुरुङ बैदेशिक रोजगारीको लागि कतार जान लागेका बेला प्रहरीले उनलाई त्रिभूवन अन्तराष्ट्रिय बिमान स्थलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार गुरुङलाई बहु बिवाह गरेको आरोपमा पक्राउ गरिएको हो । गुरुङका जेठी श्रीमती रिता गुरुङले गोरखा प्रहरीमा भाद्र २३ गे आइतबार आफु हुदाँहुदै कान्छी श्रीमती ल्याएको भन्दै बहु बिवाह मुद्वा दर्ता गराएकोले गुरुङलाई बिदेश जान लागेका बेला पक्राउ गरीएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
जेठी श्रीमती रिताले धार्चे गाउँपालिकाकी कान्छी घोताने गुरुङ संग बहु बिवाह गरेको भन्दै किनाटी जाहेरी दिएको पनि गोरखा प्रहरीले जानकारी दिएको छ ।
प्रहरीमा जाहेरी परे लगत्तै अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौँसँग समन्वय गरेर गुरुङलाई पक्राउ गरी गोरखा ल्याइएको पनि सूचना अधिकारी श्रेष्ठले बताए ।
गुरुङलाई पक्राउ गर्न गोरखा जिल्ला अदालतबाट भाद्र २४ गते गोरखा जिल्ला अदालतबाट अनुमती लिए लगत्तै उनलाई २४ गते नै पक्राउ गरी गोरखा ल्याईएको र भाद्र २६ गते बुधबार अनुसन्धानको लागि अदालतबाट म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालेको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।



