गोरखा । लगातारको बर्षापछि गएको पहिरोले गोरखा–आँबुखैरेनी सडक अबरुद्ध भएको छ ।
उक्त सडखण्डकाे गोरखा नगरपालिका–१३ मझुवाँस्थित ७ किलो भन्ने स्थानमा सडक माथिबाट पहिरो खसेर अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए ।
विहान करिब ७ः ३० बजे सडकमा पहिरो खसेको उनले बताए । पहिरोले दुईतर्फी नै सडक अबरुद्ध भएको छ । पहिरो पन्छाउने प्रयास भइरहेकाे पनि उनल जानकारी दिए ।
सोही सडकखण्डकाे गोरखा नगरपालिका–८ स्थित सल्यान धारा नजिकै पनि पहिरोले सडक अबरुद्ध भएको छ ।
ठुलाे पानीका कारण ठाउँठाउँमा साना पहिरो गएका छन् । सडक अबरुद्ध हुँदा गोरखा सदरमुकामबाट राजधानी काठमाण्डौ,पोखरा चितवनलगायतका शहरबाट जानेआउने सवारी साधन रोकिएका छन् ।




















