गोरखा । गोरखा प्रहरीले सदरमुकामबाट लागु औषध सहित १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धार्चे गाउँपालिका–७ लापुका रुपेश घले भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीले घलेलाई सनिबार दिउसो ३ बजेको समयमा गोरखा सदरमुकामको जिबिस चोकबाट पक्राउ गरेको हो । शंकास्पद अवस्थामा बजारमा हिडी रहेका उनलाई प्रहरीले शंका लागेर शरिर चेक जाँच गर्दा टर्माडोल ३० पत्ता अर्थात २९७ क्याम्सुल फेला परेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
१९ बर्षका घलेलाई प्रहरीले आज लागु औषध (नियन्त्रण) ऐन, २०३३ अन्तरर्गत मुद्वा दर्ता गरी अनुसन्धानका लागि गोरखा जिल्ला अदालतबाट म्याद थप गराई प्रहरीको हिरासतमा राखी अनुसन्धान सुरु गरेको जनाएको छ ।




















