गोरखा । रौतहट घर भई गोरखा सदरमुकाममा नाबालिका बलात्कार आरोप लागेका १ जना पुरुषलाई गोरखा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
कारागार चलान हुनेमा रौतहट जिल्ला बृन्दावन नगरपालिका–५ घर भई मकवानपुर जिल्ला हेटौडा उप महानगरपालिका–४ बस्ने बर्ष २१ को दिपेन्द्र दास तत्मा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार तत्माले ११ बर्षिया बालिका ३१(०८१/०८२–२२) नाम परिवर्तनलाई फकाई फुलाई गोरखा सदरमुकाम ल्याई संगै राखी मिति २०८१ साल साउन ७ गते देखी १८ गतेसम्म डर–त्रास देखाई बलात्कार गरेको आरोप लागेको हो ।
घटना लगत्तै नाबालिकाका बुवाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा साउन २१ गते जाहेरी दिएको उक्त जाहेरी जिल्ला प्रहरी कार्यालय गोरखामा प्राप्त हुना साथ साउन २२ गते पक्राउ गरी तत्मा बिरुद्व जबरजस्ती करणी कसूर शिर्षकमा मुद्वा दर्ता गरी अनुसन्धान थालिएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
अनुसन्धान पश्चात सरकारी वकिलको कार्यालय मार्फत भाद्र १४ गते शुक्रबार गोरखा जिल्ला अदालत गोरखामा पेश हुँदा अदालतको आदेशले प्रतिवादी तत्मालाई पुर्पक्षको लागि गोरखा कारागार चलान गरिएको पनि सूचना अधिकारी श्रेष्ठले बताए ।



