गोरखा । गोरखामा बुधबार अरिङ्गालले चिल्दा १ जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुने ब्यत्ती पालुङटार नगरपालिका–९ मिरकोट सानोवेशी घर भउका ६५ बर्षिय जयबहादुर कमर भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार छिमेकीको घैया धान काटेर घर तर्फ फर्कने क्रममा पिपलको बोटमा रहेको कालो अरिङ्गाल हेर्ने क्रममा सोही अरिङ्गालले चिल्ला गंभिर घाईते भएका थिए । घाईते कमरको घरमा नै उपचार गर्ने क्रममा मृत्यु भएको थियो । भाद्र ११ गते मंगलबार बिहान भएको उक्त घटनामा कमरको १२ गते बुधबार दिउसो ४ बजे मृत्यु भएको थियो ।
घटना लगत्तै रातामाटे प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले शव गोरखा अस्पताल ल्याएर पोष्ट मार्टम गरी परिवारको जिम्मा लगाएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।


