गोरखा । लायन्स र लियोको संयुक्त पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा बजारमा भएको एक कार्यक्रममा ४ लायन्स र १ लियो क्बल गरी ५ क्लबको एक साथ पद हस्तान्रण गरिएको हो ।
लायन्स क्लब अफ गोरखा, गोरखाकालिका, बज्रकालिका, वल्ड क्यापिटल र लियो क्लब अफ गोरखाको एक साथ पद हस्तान्रण सम्पन्न भएको लायन्स क्लब अफ गोरखाकालिकाकी सचिव लक्ष्मी श्रेष्ठले बताए ।
कार्यक्रममा लायन्स क्लब अफ गोरखाका निवर्तमान अध्यक्ष भगवानबावु मास्केले सुजन कुवँरलाई पद हस्तान्तरण गरेको थिए भने गोरखाकालिकाकी कमला श्रेष्ठले हालका अध्यक्ष सारदा खत्री पद हस्तान्तरण गरेका थिए ।
त्यस्तैगरी, लियो क्लब अफ गोरखाका निबर्तमान अध्यक्ष मोहन श्रेष्ठले हालका अध्यक्ष मिलन उपरकोटीलाई पद हस्तान्तरण गरेका थिए । १ बर्षे कार्यकाल रहने उक्त क्लबहरुमा बर्ष २०२३–०२४ का अध्यक्षले बर्ष २०२४–०२५ का अध्यक्षलाई पद हस्तान्तरण गरेका थिए ।
सोही कार्यक्रममा लायन्स क्बल अफ गोरखाकालिकाले होष्ट गरेको लायन्स क्बल अफ बज्र कालिकाका अध्यक्ष सन्तमायाँ श्रेष्ठ र वल्ड क्यापिटलका अध्यक्ष सरेन्द्र कुवरलाई नयाँ क्बलको रुपमा स्थापना गरिएको छ ।
लायन्स ३२५ जे नेपालका अध्यक्ष भाइस प्रेसिडेन्ट मिलन मल्लले सबै क्लबका पदाधिकारीहरुलाई सपथ खुवाएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख मोहनबहादुर थापा मगर, गोरखा उद्योग बाणिज्य संघका कृण्ण्कुमार श्रेष्ठ, लायन्स क्लब अफ ३२५ जे का चिफ एडभाईजर अच्चूतलाल श्रेष्ठ, द्वितिय उपाध्यक्ष प्रजापती श्रेष्ठ, चिफ एडभाईजर कुसप्रसाद मल्ली, डिभिडी ध्रुवबहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ वल्ड क्यापिटलको तर्फबाट स्वागत नाच प्रस्तुत गरीएको थियो ।


