गोरखा । पिनाकल हस्पिटालिटी एकेडम गोरखाले उद्यमी बन्न चाहने बिद्यार्थीहरुलाई आज सदरमुकाममा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । एकेडमीले सदरमुकामको होटल बिसौनीमा बिद्यार्थीहरुलाई उद्यमी बन्न उत्प्रेरित गर्ने उद्वेश्यले अभिमुखीकरण गरेको हो ।
पिनाकलका प्रमुख प्रजुन मास्केका अनुसार उक्त कार्यक्रममा शक्ति, ओल्ड क्यापिटल र द्रब्य शाह बहुमुखी क्याम्पसमा अध्ययनरत करिब १५० जना बिद्यार्थीहरु सहभागीता रहेको थियो ।
कार्यक्रममा गोरखा नगरपालिका नगरप्रमुख कृण्णबहादुर राना मगरले नेपालकै महत्वपूर्ण जिल्ला अन्तरर्गत गर्ने गोरखामा एकेडमी स्थापना हुनु गोरखा नगरपालिकाले गर्न खोलेको कुराको उद्वेश्य पुरा हुने भन्दै भोलीका दिनमा एकेडमी संग नगरपालिकाले सहकार्य गर्दै अगाडी बढने बताए ।
कार्यक्रममा गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठले जिल्लामा नयाँ कामको थालनी भएकोले युवा लक्षित कार्यक्रममा संघले पनि सहकार्य गर्ने बताए । उनले गोरखालाई अझै सुन्दर बनाउने काममा एकेडमीको महत्वपूर्ण हात हुने समेत बताए ।
होटल ब्यवसायी गर्ने युवाहरु द्वारा स्थापना भएको एकेडमीले बिद्यालय पढ्दै गरेका ११ र १२ कक्षाका बिद्यार्थीहरुलाई लक्षित गरी होटल सम्वन्धी कुक, वयटर, वयट्रेस तथा हाउकिपिङ र किचन हेल्पर तालिम प्रदान गर्ने गर्दछ । यस्ता तालिम लिन विगतमा राजधानी वा जिल्ला बाहिर जानुपर्ने बाध्यता रहदै आएको थियो ।
‘सिप सिकौं, राजगार बनौं’ भन्ने नारा लिएको एकेडमीले तालिम पश्चात स्वदेश तथा विदेशमा ईन्टन गर्नकालागि सहकार्य गर्ने प्रमुख मास्केले जानकारी दिए । यस्ता तालिमले स्वदेशमा नै रोजगारी र्सिजना हुनुका साथै बिदेश जादाँ पनि दक्ष कामदारका रुपमा काम र दाम पाउने एकेडमीका प्रमुख मास्केले बताए ।
कार्यक्रममा होटल ब्यवसायी महासंघ गोरखा शाखाका अध्यक्ष अध्यक्ष केशव कुवर, कतार एयरवयजका एचआर असोकवावु श्रेष्ठ र वआयो सुसीका सेफ बसन्त राईले युवा लक्षित यस्ता तालिमले रोजगारीको ग्यारेन्टी हुने बताए ।
कार्यक्रममा सेफ राईले सुसीका विभिन्न परिकारहरु बनाएर डेमो देखाएका थिए ।




