गोरखा । गोरखा प्रहरी चोरी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–४ बस्ने बर्ष २६ को बिरु भन्ने सुकबहादुर गुरुङ र गोरखा नगरपालिका–८ का हिराबहादुर घर्ति मगर भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद घिमिरले जानकारी दिए ।
उनका अनुसार गोरखा बजारका बिभिन्न फर्निचर तथा काठको काम गर्ने स्थान तथा घर निर्माण स्थलबाट मेसिनरी औजारहरू बिगत केही समय देखि हराईरहेको उजुरी परिरहेकोमा खोजतलासको क्रममा मिति साउन २८ गते रातको समयमा सुरेश सुनारको फर्निचरमा प्रयोग हुने मेशिन लगायतका औजारहरु जिल्ला गुरुङको डेराकोठामा र निर्माणधिन घरमा निर्माण कार्यमा प्रयोग हुने ड्रिल मेशिन, ग्रेण्डर मेशिन ईलेक्ट्रिक मेशिन समेत चोरी गुरुङले हिराबहादुरलाई बेचेको खुल्न आएको र हिराबहादुरको घर डेरामा खानतलासी गर्दा ड्रिल मेशिन, ग्रेण्डर मेशिन ईलेक्ट्रिक मेशिन लगायतका सामाग्री बरामद भएको थियो ।
प्रहरीले हिराबहादुरलाई साउन ३० गते पक्राउ गरी दुवैजना बिरुद्व मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० को चोरी तथा डाँका सम्बन्धी कसूर शिर्षकमा मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरीएको पनि सूचना अधिकारी शर्माले जानकारी दिए ।
दुवै जनालाई अहिले प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको पनि उनले बताए ।


