गोरखा । सौन्दर्य कला ब्यवसायी संघ गोरखाको हालै सम्पन्न अधिवेशनले अध्यक्षमा रोस्ता श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।
गोरखा सदरमुकाममा भएको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा रिता श्रेष्ठ, सचिवमा सुस्मिता बयलकोटी र कोषाध्यक्षमा अनिता गुरुङलाइ चयन गरेको छ ।
११ सदस्यीय जिल्ला कार्य समितिको सदस्यहरुमा सबिना घले, रक्षा रावल, पूर्णिमा गुरुङ, आशा रोक्का, मुना श्रेष्ठ र सुश्मी शाक्य चयन भएका छन् ।
पछिल्लो समय सौन्दर्य प्रतिको आकर्षणका कारण सदरमुकाममा यस्ता पेशा अपनाउनेहरुको संख्या ह्वात्तै बढेको छ ।


