गोरखा । उत्तरी गोरखाको धार्चेमा आइतबार बिहान गएको पहिरोमा परी बेपत्ता भएका मध्ये १ जनाको खोजी बिहानैदेखी सुरु गरिएको छ ।
वेपत्ता भएका ५ जना मध्ये सोमबार साँझसम्म ४ जनाको शव विभिन्न स्थानमा फेलाको ले बाँकी १ जनाको खोजी सुरु गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सोमबार साँझसम्म बेपत्ता भएका मध्ये ३५ बर्षिया कान्छी मायाँ गुरुङ, ७० बर्षका सुलाल कान्छा गुरुङ, बर्ष ३७ का जितबहादुर गुरुङ र बर्ष ३३ को रमेश गुरुङको शव फेला परेको थियो ।
सोही पहिरोमा परी बेपत्ता भएका आरुघाट गाउँपालिका–७ आरुपोखरी घर भएका ट्याक्टर चालक बर्ष २४ को रमेश परियारको खोजी सुरु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
खोजी कार्यमा स्थानिय, जनप्रतिनिधी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना खटीएका छन् ।
पहिरोमा परेर घाईते भएकाहरु दिलिप गुरुङ र खम बहादुर गुरुङको अहिले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भई रहेको छ ।


