साँकेतिक तस्बिर
गोरखा । गोरखाको धार्चे गाउँपालिकामा आज बिहान पहिरो जाँदा ५ जना वेपत्ता भएका छन् भने २ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बासुदेव पाठकका अनुसार आइतबार बिहान ३ देखी ३ः३० बजे पहिरो गएको थियो । पहिरोमा परेर ५ जना बेपत्ता र २ जना घाईते भएको छन् ।
पहिरोमा पुरिएकाहरुको खोजी जारी रहेको धार्चे गाउँपालिका–५ का वडाध्यक्ष राज गुरुङले जानकारी दिए । स्थानियले बिहानै देखी पुरिएकाहरुको खोजी गरीरहेको र घाईतेलाई स्थानिय स्वास्थ्य संस्थामा पुर्याएर उपचार भई रहेको छ ।
अहिले घटना स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । उनीहरु केही बेरमा नै पुग्ने प्रहरी उपरिक्षक पाठकले जानकारी दिए ।
२ जना घाईते छमवहादुर गुरुङ र मिनबहादुर गुरुङ भएको धार्चे गाउँपालिकाकी उपाध्क्ष सुनिला गुरुङले जानकारी दिए । वेपत्ताहरुको अहिलेसम् पनि पहिचान खुल्न सकेको छैन ।




















