गोरखा । गोरखाको विभिन्न सडकमा गएको बर्ष १६७ सडक दुर्घटना भएको छ । दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका थिए भने ३० जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
दुर्घटना भएका मध्ये २० वटा गंभिर प्रकृतीको भएको र १४७ दुर्घटना सामान्य प्रकारको भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख शिवप्रसाद पाठकले बताए ।
उनका अनुसार गंभिर प्रकृतीका सवारी दुर्घटनामा मोटरसाईकल र स्कुर धेरै छन् । आर्थिक बर्ष ०७९–०८० मा १६ वटा दुर्घटना मोटरसाईकल र स्कुर मात्रै छ्रन् । त्यस्तैगरी, ५ ट्याक्टर, ४ बस र २ कार पनि सोही अवधिमा दुर्घटनामा परेका थिए ।
कुल २७ सवारी साधन दुर्घटनामा २० वटा घटना गंभिर प्रकृतीमा थिए । जसमा ५ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउने सबै पुरुष भएको पनि प्रमुख पाठकले जानकारी दिए ।
सोही अवधिमा भएको दुर्घटनामा परी ३० जना घाईते भएको कार्यालयले जानकारी दिएको छ । जसमा २२ पुरुष, ३ महिला, २ बालक र ३ जना बालिका घाईते भएका थिए ।
कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष ०७८–०७९ को तुलनामा गंभिर प्रकृतीका सवारी दुर्घटनामा १० प्रतिशतले कमी आएको र दुर्घटनामा मानिसले ज्यान गुमाउनेको संख्यामा २८ प्रतिशतले कमी आएको देखिन्छ ।
दुर्घटनामा कमी आउनुको मुख्य कारण ट्राफिक सचेतना कार्यक्रम रहेको भन्दै प्रमुख पाठकले गएको बर्षको तुलनामा आर्थिक वर्ष ०७९–०८० मा १५१ प्रतिशत बढी सचेतना कार्यक्रम भएको समेत बताए ।





