गोरखा । गोरखामा श्रीमतीको मृत्यु पछी श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीको बालुवाका ३१ बर्षका कुमार सार्की भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका कुमारले असार २६ गते राती आफ्नी २६ बर्षिया श्रीमती सुनिता नेपाली आफ्नै घर भित्र सलको पाँसो लगाएर झुण्डीएको अवस्थामा देखी पाँसो काटी हेर्दा मृत्यु भई सकेको भन्ने खबर गाउँ छिमेकमा गरेका थिए ।
घटनाको जानकारी पाएको गोरखा प्रहरीले तत्कालै घटना स्थलमा प्हरी खटाएर प्रारम्भिक अनुसन्धान सम्पन्न गरी मृत्तक सुनिताको शवको पोष्टमार्टम पछी श्रीमान कुमारले कुटपिट गरी कर्तब्य गरी मारी घटना लुकाउन झुण्डीएर आत्मा हत्या गरेको भनी देखाउन सलको पाँसो लगाएर काटी घटना मञ्चन गरेको खुल्न आए पछी पक्राउ गरीएको सूचना अधिकारी श्रेष्ठले बताए ।
आरोपित कुमारलाई प्रहरीले असार २९ गते पक्राउ गरी ३० गते कर्तब्य ज्यान शिर्षकमा मुद्वा दर्तागरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थपगरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान थालिएको पनि उनले जानकारी दिए ।


