गोरखा । गोरखाको पालुङटार क्षेत्रमा रहेको माछा पोखरीमा ढुबेर १ जना युवकको मृत्यु भएको छ । मृत्यु हुने युवक पालुङटार नगरपालिका–६ कालामाटाका १७ बर्षिय बिपिन नेपाली भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
साथीहरु सहित ५ जनाको समूहमा माछापोखरीमा संगै पसेका मध्ये नेपालीको ढुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मृत्तकका अन्य ४ जना साथीहरु भने सकुशल छन् । बिपिनको मृत्युका सम्वन्धमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
आइतबार दिउसो भएको उक्त घटना पछी शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाएको पनि प्रहरीले जनाएको छ ।


