गोरखा । लायन्स क्लब अफ गोर्खा कालिकाको माइन्यूट हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा सदरमुकाममा भएको एक कार्यक्रममा पुरानो समितिले नयाँ समितिलाई हस्तान्तरण गरेको सचिव लक्ष्मी श्रेष्ठले बताए ।
अग्रेजी बर्ष सन २०२४–२०२५ को नयाँ समितिलाई पुरानो समितिले साेमबार माइन्यूट हस्तान्तरण गरेको हो । कार्यक्रममा निर्वतमान अध्यक्ष कमला श्रेष्ठले बर्तमान अध्यक्ष शारदा खत्रीको समितिलाई हस्तान्रण गरेको सचिव श्रेष्ठले जानकारी दिए ।
नयाँ समितिको उपाध्यक्षमा सरिता मास्के, सचीवमा लक्ष्मी श्रेष्ठ र कोषअध्यक्षमा सजना श्रेष्ठ चयन भएका छन् ।
समितिले जिल्ला भित्र बार्षिक रुपमा विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।


